लाेकेनकाे निर्देशन तथा गीता पालुङवाकाे पालाम ‘हङकङ चाइना पालाम-३’ सार्वजनिक
मङ्गलबार, १२ असार, २०८१ बिहानको ११:२४ बजे,
लिम्बुवान न्युज
ललितपुर, ११ असार । निर्देशक लोकेन साँबा लिम्बूको निर्देशनमा पालाम ‘हङकङ चाइना ३’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीता पालुङवा लिम्बूको शव्द संकलन तथा मनु नेम्बाङको लय संकलनमा गायिका मनु नेम्बाङ र गायक शिव सम्बाहाङफेको स्वरमा रहेकाे पालाम ‘हङकङ चाइना ३’ सार्वजनिक गरिएको हो ।
अरुण बरुण न्योपानेको छायांकन, सञ्जु थलङको मेकअप तथा बिकास दहालको सम्पादन रहेको भिडियोमा प्रेम सुव्वा र शब्द संकलन स्वयम गीता पालुङवा लिम्बूले अभिनय गरेका छन् ।
अशोक लोहोरुङ राईको ध्वनी तथा निर्मल सुव्वा(अशिस)को स्टिल क्यमारा रहेको भिडियोमा सनमान थलङ, धनजित साँबा लिम्बू, विमला इवारम, उदय बेघा, रत्न लिङदेन लावती, निरोज लिवाङ, नैना कला वनेम, मनु नेम्बाङ, मनमाया आङबहाङ र इन्द्र कुमारी लिम्बूको अभिनय रहेको छ ।
श्याम आङला लिम्बूको संगीत संयोजनमा एभरेष्ट डिजिटल स्टुडियो लगनखेलमा रेकर्ड गरिएको पालामको भिडियो गीता पालुङवा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
ललितपुर, २७ चैत्र । नेपाल आदिवासी जनजाति पत्रकारको छाता संगठन फोनिजको ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा आयोजना हुने भएको छ । महाधिवेशन गौतम बुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा...
दमक, चैत्र २५ । झापाकाे दमकमा सम्पन्न भएकाे याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को विजेता पान्थरका प्रतिभा असल तुम्रोक बनेका छन् । उनले नगद पाँच लाख राशी पुरस्कार हात पारेका छन् । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी...
दमक, २५ चैत्र । इलामको चुलाचुली गाउँपालिकाले अन्तरपालिकास्तरीय अध्यक्षकप पुरुष नकआउट फूटबल प्रतियोगिता सञ्चालन गर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई जीवन्त पार्दै युवा तथा खेलकुद समन्वय समितिले नयाँ बर्षको अवसरमा...
ललितपुर, २३ चैत्र । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चैत २५ गते देखि गर्ने भनिएको अनिश्चितकालीन यातायात बन्द स्थगन भएको जनाएको छ । प्रदेश १ को एशियन हाईवेबाट उत्तरी खण्ड, मेचि...