रोमानियामा पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ जेठ । पहिचानवादी मोर्चाले प्रवासमा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा युरोपियन मुलुक रोमानियमा राज चाम्लिङकाे संयोजकत्वमा पहिचानवादी मोर्चा प्रवास समिति रोमानिया गठन भएको हो ।

समितिको सदस्यहरुमा कमल नेपाली, साजन देवान, भुभिन गुरुङ, भगिहाङ लिम्बु, सुकान्त राई, प्रितम लिम्बु र राजेश याक्सो रहेको मोर्चाको कार्यालय सचिव खगेन्द्र माखिमले बताए ।

केही दिन अघि मोर्चाको मलेसिया समिति र यूकेका केही क्षेत्रीय समितिहरु विस्तार गरिएको थियो । यसैगरी मोर्चाले आगामी दिनमा अन्य प्रवास समितिहरुपनि गठन गर्ने नेता माखिमले लिम्बुवान खबरलाई बताएका छन् ।

हाल रोमानिया लगायत पोर्चुगल, माल्टा, साइप्रस लगायतका युरोप देशहरुमा नेपाली कामदारको माग उच्च रहेको स्रोतको दावी छ ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;