किरात याक्थुङ चुम्लुङ ताप्लेजुङ अध्यक्षमा डम्बरबहादुर पालुङवा

 लिम्बुवान न्युज
                       

दमक, झापा २२ जेठ । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको दशौं अधिवेशन सम्पन्न भएको छ ।
बुधबार जिल्लाको फुङलिङमा सम्पन्न अधिवेशनले डम्बरबहादुर पालुङवाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा रीता मादेन र केदारजङ ताप्मादेन, सचिवमा सरोज कङलिबा याक्थुङ्, सहसचिवहरुमा कमला पालुङ्वा र कैलाश पालुङ्वा त्यसैगरी कोषाध्यक्षमा संगीता मादेन निर्वाचित भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा सन्तोष सावदेन, प्रदिप तबेबुङ, समीर मावो, सिर्जना सबेहाङ, उदय लिवाङ, प्रदिप सवेहाङ, आकास ताप्मादेन, डिल्ली थेवे, कुमार खिम्दीङ, पूर्ण पालुङवा, सर्न फुरुम्बो (शुरेस), श्री लिङखिम र देउमान प्रताव लिम्बु निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालचन्द्र आङबुहाङले वताए ।

कार्यक्रम फुङ्लिङ बजारस्थित स्नोलेउपार्ट होटलको सभाहलमा उद्घाटनसत्र सहित बन्दसत्र कार्यक्रम एकदिन सम्पन्न भएको हो ।

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...