डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

 लिम्बुवान न्युज
                       

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ ।
धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले धिमाल जाति कै पहिलाे एमबिबिएस डा. सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएकाे पुरस्कार छनाैट समितिका संयाेजक अजितकुमार धिमालले जानकारी दिनुभयाे ।
दमक-२, खरखरे निवासी सजिनाले गण्डकी मेडिकल कलेज, पाेखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उतिर्ण गर्नु भएकाे हाे । माेरङ, झापा र सुनसरीमा बसाेबास गर्ने धिमाल समुदायबाट एमबिबिएस उतिर्ण गरि समुदाय बाटै पहिलाे डाक्टर हुन सफल हुनु भएकाले उहाँकाे प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएकाे संयाेजक धिमालले जानकारी दिनुभयाे । हरेक बर्ष असार २ गते जातिरी/ सिरिजात पर्व समापनकाे अवसरमा आयाेजित कार्यक्रमकाे अवसरमा याे पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिदै आएकाे महासचिव मातृका धिमालले जानकारी दिनुभयाे । युवा प्रतिभाहरुलाई प्राेत्साहन गर्ने उदेश्यले हरेक बर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिरहेकाे महासचिव धिमालले जानकारी दिनुभयाे ।
सम्मानित व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिएकाे छ । यस अघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दाे खेलाडि दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्यङ्गना सरस्वति धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिएकाे छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...