


दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो ।
समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम छन् भने सदस्यहरुमा कुमार कन्दङवा, डम्बर सम्बाहाम्फे, कृष्णकुमार सदेम्बा, कमल बहादुर याक्सो, सन्तोष आङबाङ, धनबहादुर राई, पर्शुराम मगर, धनकुमार सम्बाहाम्फे, लाखबहादुर नेम्बाङ, अशोक राई, पूर्णबहादुर मेचे, गणेश केरुङ र खड्ग लोक्ताम रहेका छन् ।
कार्यक्रम मोर्चाका झापा जिल्ला संयोजक एलबी पालुङवाको सभाध्यक्षतामा भएको थियो ।
उक्त कार्यक्रममा मोर्चाका संघीय सदस्य तथा युवा इन्चार्ज एवीराज आङदेम्बे, संघीय सदस्य तथा संचार संयोजक दिलकुमार लावती, जिल्ला सल्लाहकारहरु भरत श्रेष्ठ, हिमालयप्रसाद कन्दङवा, भिममाया कन्दङवा, जिल्ला उपाध्यक्ष कालीबहादुर खेवाङ् लवायत नेताहरुको उपस्थिति रहेको थियो ।