मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

 लिम्बुवान न्युज
                       

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित विरुवा रोपिएको हो ।

संघर्ष समितिले मुक्कुमलुङ वृक्षारोपण शृंखला दुईको आयोजना गर्दै गत बर्षको कार्यक्रमलाई निरन्तरता दिएको हो ।

राष्ट्रिय फूल लाली गुराँस, खोट सल्ला, गोब्रे सल्ला लगायतका विभिन्न प्रजातीका वोटविरुवा रोपिएको उक्त कार्यक्रमको उंघाटन याक्थुङ मुन्धुम अनुसार अनुष्ठान गरि शुरु गरिएको थियो । किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन, संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्रो.डा. महेन्द्र लावती, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, सामाजिक अभियन्ताहरु, समाजसेवी तथा पहिचान पक्षधर विभिन्न दलका प्रतिनिधिहरुको उपस्थितिका मुक्कुमलुङ सरक्षण तथा केवलकार निर्माण खारेजीको माग गर्दै १०औं हजार रुख काटिएको स्थानमा विरुवा रोपिएको हो ।

मुक्कुमलुङ संरक्षणको लागि दशकौं देखि आन्दोलनरत पक्षहरु पछिल्लो समय पाथिभरा केवलकार निर्माण कम्पनीले त्यस क्षेत्रको सांस्कृतिक पहिचानलाई अतिक्रमण गर्दै मुन्धुमी आस्थामाथि प्रहार गरेसँगै स्थानीय संरक्षण कर्ता र केवलकार निर्माण कम्पनी बिच आन्दोलन भईरहेको छ । कम्पनीलाई शसस्त्र प्रहरीको संरक्षणमा केवलकार निर्माण कार्य शुरु भएसँगै झडप तथा गोली हान्ने र घाइते बनाउने स्थानीय मुक्कुमलुङ संरक्षण कर्ताहरुमाथि आक्रमण गर्ने लगायतका कार्य शुरु भएसँगै विभिन्न संघ संगठन तथा राजनीतिक दलहरु आन्दोलित छन् ।

केवलकार निर्माण खारेज नभएसम्म यो आन्दोलन जारी रहने संघर्ष समितिका प्रमुखहरु बताउँछन् । कार्यक्रमको अन्त्यमा बोल्दै संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्रो.डा. महेन्द्र लावतीले केवलकार कुनैपनि हलातमा नबन्ने जिकीर गरेका छन् । उनले केवलकार कथंकदाचित बनिहाले पनि त्यो भौगोलिक, सांस्कृतिक तथा विविध दृष्टिकोणबाट नचल्ने ठोकुवा गरेका छन् । गत फाल्गुन १० गते प्रहरीप्रशासन प्रयोग गरेर दमन गरेको स्मरण गर्दै जति दमन हुन्छ त्यति नेताहरुले राजनीति चिहान खनेका हुन्, उनीहरुको विरुद्ध सडक, मतदान लगायत सबैखाले आन्दोलनबाट प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

यसैगरी कार्यक्रममा बोल्दै कियाचू संघीय अध्यक्ष प्रेम एक्तेनले देशको संविधान अनुसार मुक्कुमलुङ एउटा सांस्कृतिक सम्पदा, प्राकृतिक सम्पदा, मुन्धुमी स्थल, युमा बसेको स्थान हो यहाँ केवलकार निर्माण लगायत कुनै पनि नयाँ भौतिक निर्माण लगायत सांस्कृतिक अतिक्रमण नगर्न संघीय सरकार, प्रदेश र स्थानीय सरकारलाई चेतावनी दिएका छन् । गत फाल्गुन ८ गते केवलकार निर्माण बेसक्याम्पबाट जसरी डोजर खेदियो त्यसैगरी खेद्न नपरोस् – अध्यक्ष ऐक्तेनले बताए ।

यसरी नै समापन कार्यक्रममा नेपाल जनमुक्ति पार्टीका नेता विष्णु थाम्देन, पहिचान एकता अभियान तथा मुन्धुमी कलाकार ब्रबिम सेर्मा, सन्तोष मेहेता लगायतका नेताहरुले बोलेका थिए । कार्यक्रमको समापन संघर्ष समितिका संयोजक श्री लिङखिमले गरेका थिए भने कार्यक्रमको संचालन सरोज कङलिवाले गरेका थिए ।

वृक्षाराेपण कार्यक्रममा एक्यवद्धता जनाउन चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालबाट समेत उपस्थिति रहेकाे थियाे ।

वृक्षारोपण कार्यक्रमका तस्वीरहरुः

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...