लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

 लिम्बुवान न्युज
                       

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्।

शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो।

उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङसचिवमा इवारा जेबगुसहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्।

यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष उपेन्द्र एक्तेन, पूर्ण परिचित जवेगु र सम्झना याेङहाङ चयन भएका छन् । 

लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश अध्यक्ष एवम् लिम्बू पत्रकार संघका तुम्याहाङ विजयबोध लाओतीअग्रज पत्रकार कबिन्द्र शेर्मा  फोनिज पाँचथरका सचिव सुबास राई लगायतले नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...