‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

,   लिम्बुवान न्युज
                       

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ।

पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत गरिएको सो पुस्तकमा केन्द्रका महानिर्देशक युवाराज पौडेलको विशेष निर्देशन र विषय समितिका अध्यक्ष श्री बज्रमणि बज्राचार्य, सदस्य डम्बर आङदेम्बे, निर्देशक राजु श्रेष्ठ, र अधिकृत कुमार घिमिरेले महत्वपूर्ण शैक्षिक र पृष्ठपोषणात्मक योगदान पुर्‍याएका छन्।

लेखकद्वय निशेष आङ्देम्बे र अमर तुम्याहाङले तयार पारेको यस पाठ्यपुस्तकलाई अझ प्रभावकारी बनाउन यसअघि सम्पन्न शिक्षक कार्यशालामा येहाङ लओती, सुजाता खजुम, यमता पन्धक र पुष्पहाङ लोवाले पनि उपयोगी सुझाव र परामर्श दिएका थिए।

लामो समयदेखि याक्थुङ समुदायका विद्यार्थीहरूका लागि मातृभाषामा गुणस्तरीय पाठ्यसामग्री अभाव भोगिँदै आएको सन्दर्भमा यो पाठ्यपुस्तक प्रकाशनले मातृभाषा शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

अब आउँदो शैक्षिक सत्रदेखि याक्थुङ कक्षा ९ का विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक अनुसार अध्ययन गर्न पाउने लेखक तुम्याहाङले बताए ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;