संयुक्त पहिचानवादी मोर्चाले पान्थरमा भेटघाट र संगठन विस्तारमा तिव्रता

 लिम्बुवान न्युज
                       

फेदेन, ८ असार । संयुक्त पहिचानवादी मोर्चा आगामी चार महिनाभित्र पार्टीमा रुपान्तरण गर्ने संयोजक प्रो.डा.महेन्द्र लावतीले खुलासा गरेका छन् । फेदेनमा पत्रकारहरुसँग कुरा गर्दै लावतीले खुलासा गरेका हुन् ।

मोर्चाले पान्थरको हिलिहाङमा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेर पहिचानको राजनीति मधेश र थारुहटमा जसरी सफल भयो त्यसैगरी पूर्व प्रदेश नं. १ मा पनि सफल पार्न पहिचान पक्षधरहरु एकता हुनुपर्ने आवश्यकता रहेको संयोजक लावतीले बताउनु भयो ।

यसैगरी याङवरक गाउँपालिकामा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पहिचानको राजनीति बारे अन्तरक्रिया कार्यक्रम भएको नेता एलबी पालुङवाले बताउनु भयो ।

यसैगरी ताप्लेजुङ फुङलिङस्थित मोर्चाको कार्यालयमा आयोजित कार्यक्रममा अशोक विक, सुकबहादुर थलङ र सन्देश हेल्लोक मोर्चामा आबद्ध भएका छन् उनीहरुलाई मोर्चाका संयोजक डा. लावतीले स्वागत गरेका छन् । जिल्ला संयोजक प्रदिप मादेनको संयोजकत्वमा आयोजित कार्यक्रममा नेताहरु एलबी पालुङवा, चन्द्र मादेन, इन्दीरा धौराली, जिल्लाका नेताहरु साथै विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको जिल्ला सहसंयोजक अशोक मादेनले बताउनु भयो ।

फाल्गुनन्द ४ को वडासंयोजकमा रेवत कुमार नेम्बाङ्

संयुक्त पहिचानवादी मोर्चा फाल्गुनन्द गाउँपालिका वडा नं. ४ को संयोजकत्वमा रेवत कुमार नेम्बाङ चयन भएका छन् । यसैगरी समितिको सचिवमा देशकुमार चेम्जोङ साथै सदस्यहरुमा अम्बर नेम्बाङ, तेजस नेम्बाङ, कालुमान नेम्बाङ, इन्द्र बहादुर नेम्बाङ, ठाकुर बहादुर नेम्बाङ, खगेन्द्र नेम्बाङ र हेमराज चेम्जोङ रहेको नेता एलबी पालुङवाले जनाउनु भएको छ ।
कार्यक्रम मोर्चाका संयोजक लावतीको प्रमुख आतिज्यतामा भएको थियो भने विशिष्ट अतिथिमा संयोजक सदस्य डकेन्द्र सिंह थेगिम, त्यसैगरी एलबी पालुङवा, चन्द्र मादेन, दिलेन्द्र कुरुम्बाङ, विराज आङदेम्बे, चन्द्रराज आङदेम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

फाल्गुनन्द १ को जसपा, नेपाल र जसपाका सबै नेता कार्यकर्ता मोर्चामा समाहित
वडा संयोजकमा ज्ञान बहादुर आङदेम्बे

फाल्गुनन्द गाउँपालिका वडा नं. १ मा रहेको जनता समाजवादी पार्टी, नेपाल र जसपाका सबै नेता कार्यकर्ताहरु संयुक्त पहिचानवादी मोर्चामा समाहित भएको मोर्चाका नेता विराज आङलेम्बेले लिम्बुवान खबरलाई जनाएका छन् ।

वडाको व्याटमिन्टन कभर्डहलमा आयोजित कार्यक्रमबाट उनीहरु समाहित भएका हुन् । मोर्चाका संयोजक लावतीको प्रमुख आतिथ्यतमा आयोजित वृहत अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमबाट वडा संयोजकत्वमा ज्ञान बहादुर आङदेम्बे चयन भएका छन् भने सहसंयोजकमा सीता तामाङ र दिनेश आङदम्बे लगायत ३३ सदस्यीय मोर्चा गठन भएकोछ ।

कार्यक्रमलाई जिल्लाको सबै स्थानीय तहसम्म पुराउने जिल्ला संयोजक तथा संघीय सदस्य दिलेन्द्र कुरुम्बाङ्ले बताउनु भयो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...