लिम्बू भाषा साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्नः कुल २०६ विद्यार्थी सहभागी

 लिम्बुवान न्युज
                       

पान्थर, ८ असार । लिम्बू (याक्थुङ) भाषा, साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा ११ र १२ को परीक्षा शनिबार सम्पन्न भएको हो ।

लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परीक्षा नियन्त्रक एवम् सत्यहाङमा मावि इम्बुङ पाँचथरका प्रधानाध्यापक अमिता सुब्बाका अनुसार शुक्रबार कक्षा १२ र शनिबार कक्षा ११ को परीक्षा सम्पन्न भएको हो । कक्षा–१२ मा १०० जना र कक्षा–११ मा १०६ जना गरी २०६ परीक्षार्थीले परीक्षा लेखेकाे परीक्षा नियन्त्रक सुब्बाले बताइन्।

बोर्ड अन्तर्गतका पाँचथर, इलाम, मोरङ, तेह्रथुम, ताप्लेजुङ र धनकुटा जिल्लाका आठ केन्द्रमा शुक्रबार र शनिबार परीक्षा सम्पन्न भएको हो। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गापा–२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक गापा–१ यासोकस्थित पृथ्वी मावि, फिदिम नपा–१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ गापा–५ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको हो।

त्यस्तै फक्ताङलुङ गापा–३ ताप्लेजुङको सिंवा मावि, ताप्लेजुङकै मेरिङदेन गापा–५ थुकीमास्थित त्रिभुवन मावि, मोरङको केराबारी गापा–१ पाटीगाउँस्थित सरस्वती मावि, तेह्रथुमको मेन्छ्यायेम गापा–४ स्थित श्रीजुङ मावि र धनकुटाको छथरजोरपाटी गापा–३ ताङखुवास्थित सरस्वती मावि परीक्षा केन्द्रमा पनि परीक्षा सम्पन्न भएको हो ।

तस्वीरः सुम्हात्लुङटाइम्सबाट

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;