लिम्बु भाषामा बनेकाे चलचित्र ‘चे’ उत्कृष्ट चलचित्र घाेषणा

 लिम्बुवान न्युज
                       

ललितपुर, असार । पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ काठमाडाैंमा सम्पन्न भएकाे छ । आइतबार चावहिलस्थित चलचित्र विकास वाेर्डकाे सभाहलमा सम्पन्न महाेत्सवबाट  याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड पाएकाे छ भने चलचित्रका निर्देश सागर केरूङले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

गत असार ६ देखि ८ सम्म सञ्चालन भएको ३ दिने महोत्सवमा चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड हात पारेको हो भने निर्देशक केरुङले ‘उत्कृष्ट चलचित्र निर्देशक अवार्ड’ जितेका हुन् ।

महोत्सवमा विभिन्न भाषाका करिब ३ दर्जन चलचित्रहरु सहभागी थिए ।

यसअघि तेश्रो महोत्सवमा पनि लिम्बु चलचित्र ‘के’ ले उक्त अवार्ड जितेकाे थियो । तेश्रो महोत्सवमा नायक निर्माता भिम प्रसाद तुम्बाहाङ्फेको ‘केसाङ्ला’ले पब्लिक चोइस अवार्ड जितेको थियो भने चौथो महोत्सवमा चलचित्र ‘सुगुप’ले सम्पादन, ब्याग्राउण्ड म्युजिक र छायाङ्कन बिधामा अवार्ड हात पारेको थियो ।

बर्तमान राजनीतिक परिवेशले आदिवासी समाधिस्थल माथीको आक्रमणलाई बिषयबस्तु बनाईएको लिम्बु चलचित्र ‘चे’ अगस्ट १७ मा हङकङ  र कोरियामा प्रदर्शन हुने लेखक तथा निर्देशक केरुङले बताए । याक्थुङहरू कसरी लास भएका छन् र लास अथवा चे व्यवस्थापनकाे लागि कसरी समस्या बन्दै गइरहेकाे छ भन्ने कथामा केन्दित बनेकाे याे चलचित्र भद्रपुर, दमक र उर्लाबारीमा प्रदर्शन भइसकेकाे छ ।

आदिवासी जनजाति चलचित्रको पहिलो संस्करण २०७४/२०१७ मा चलचित्र ‘लोम्बा’ मगर भाषाको चलचित्रले उत्कृष्ट अवार्ड जितेको थियो भने क्रमश दोस्रो संस्करण २०७५/२०१८ चलचित्र ‘यारी’ राई, तेस्रो संस्करण २०७६/२०१९ चलचित्र ‘के’ लिम्बू, चौथो संस्करण २०८१/२०२४ चलचित्र ‘रोश’ मगर, र पाँचौ संस्करण २०८२/२०२५ चलचित्र ‘चे’ लिम्बू भाषाको चलचित्रले उत्कृष्ट अवार्ड जितेको हो ।

 

रक्षामन्त्री मानबिर राईको आतिथ्यतामा समुदघाटन गरिएका महोत्सवमा सोहि दिन चलचित्र निर्देशक नवीन सुब्बा र निर्देशक राजकुमार राईलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकाे समापनमा सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अवार्ड विजेताहरूलाइ पुरस्कार वितरण गरेका थिए । पाँचाैं महाेत्सव नेपाल आदिवासी चलचित्र महासंघकाे आयाेजना तथा चलचित्र विकास वाेर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र राेशी गाउँपालिकाकाे सहकार्यमा सम्पन्न भएकाे हाे ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...