लिम्बु लघु चलचित्र ‘थङ्’काे छाँयाङकन सम्पन्नः शिर्ष गीत ‘थिङगारेन थङ्’काे रेकर्ड सम्पन्न

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ असार । लिम्बु भाषाको लघु चलचित्र ‘थङ्’ काे छाँयाङकन सकिएकाे छ । चलचित्रका निर्माता/निर्देशक सागर केरूङले  साे वताएका हुन् ।

याक्थुङ समुदायले गुमाएको मातृभुमि प्राप्त गर्न गरिरहेको संघर्षबारेकाे कथा उक्त लघु चलचित्रले बाेकेकाे उनले बताएका छन् । लघु चलचित्रकाे लेखन पनि केरूङ कै रहेकाे छ ।

मंगलबार यस लघु चलचित्र को शिर्ष गीत ‘थिङगानरेन् थङ्’को  रेकर्डिङ सकिएको छ । म्युजिक मिडिया ओपेरा रेकर्डिङ स्टुडियो काठमाडौमा उक्त गीतकाे रेकर्डिङ भएको हो ।

निर्देशक केरुङकै शब्द, मोनि ताम्लिङकाे संगीतमा नोगेन लिम्बू र सञ्जु लिम्बुले स्वर दिएका छन् ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...