दमक नगरपालिकाकाे बजेट एक अर्ब ४७ करोड पेस

,   लिम्बुवान न्युज
                       

दमक, ११ असार । झापाको दमक नगरपालिकाले  १७औँ नगरसभामा आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब ४७ करोडको बजेट पेस गरेको छ । मंगलबार सभाले अस्वाभाविक आन्तरिक स्रोतको अनुमान गरेर बजेट ल्याएको हो ।

चालू आर्थिक वर्षमा दमक नपाले अनुमान गरेको आधापनि आन्तरिक स्रोत संकलन हुन नसकेको अवस्थामा उच्च अनुमान राखेर बजेट ल्याइएको हाे ।

चालू आर्थिक वर्ष ०८१/८२ मा दमक नपाले आन्तरिक स्रोत ३१ करोड ८ लाख ३१ हजार १४५ अनुमान गरेको थियो । जेठ मसान्तभित्र त्यसको करिब आधा १६ करोड ९१ लाख ६० हजार ५८९ रुपैयाँ मात्र आन्तरिक स्रोत संकलन भएको  जनाएको छ । चालू आर्थिक वर्षमा कर संकलनका लागि घर दैलो कार्यक्रम गर्दा पनि अनुमानभन्दा कम आन्तरिक राजस्व संकलन भएको छ । तर, नगरपालिकाले आगामी आर्थिक वर्षमा झनै अस्वाभाविक र अविश्वसनीय आन्तरिक स्रोत संकलनको अनुमान गरेर बजेट ल्याएको हो।

दमक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३९ करोड ९१ लाख ५४ हजार ९१६ आन्तरिक स्रोतको अनुमान गरेको छ । यो दमक नगरपालिकाको वास्तविक आन्तरिक आयभन्दा झन्डै दोब्बर हो । किनकि विगतमा दमक नपामा आन्तरिक स्रोत २० करोडसम्म उठ्न सकेको छैन ।

सराेकारवाला दमकवासी राजनीतिज्ञय, सामाजिक व्यक्तित्व, नागरिक समाज लगायतले नगरपालिकाले ल्याएको बजेट अविश्वसनीय, अव्यावहारिक र कार्यान्वयनमा चुनौती हुने बताउँछन् ।

नपाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा बजेटको आकार भने घटाएको छ । चालू आर्थिक वर्षमा एक अर्ब ६३ करोड ८ लाख ५ हजार ७८४ रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्ष  ०८२/८३ का लागि गत वर्षको तुलनामा १६ करोड ८ लाख ५ हजार ७८४ रुपैयाँ कमको बजेट ल्याएको छ।

बजेट घाटामा देखाउन नमिल्ने भएका कारण आन्तरिक स्रोतको अनुमान बढाइएको दमक नपाकी उपप्रमुख तथा बजेट तर्जुमा समिति संयोजक रेगिना भट्टराईले बताइन् । ‘यसपटक घरदैलो कार्यक्रमबाट एक करोड राजस्व बढेको कारण अर्को वर्ष पनि यो अभियान अघि बढाउन सकिन्छ । यस्तै, नागरिकमा कर तिर्नुपर्छ भन्ने चेतनाको पनि विकास गर्न सकिन्छ । खासगरी घाटा बजेट नदेखाउने चलन भएका कारण आम्दानीमा आन्तरिक स्रोतको प्रक्षेपण केही बढी गरिएको छ । लेखिएको अंक उठ्न चाहिँ गाह्रो छ । तर, बजेट कस्तो हुन्छ भन्ने कुरा पारित गरेपछि मात्र थाहा हुन्छ । भर्खर त पेस भएको छ,’ उनले भनिन्, ‘हामीले आन्तरिक राजस्वमा पनि केही शीर्षक त थपेका छौँ । तर, त्यसले पनि त्यति धेरै त बढ्दैन । घरबहालमा सीमा छुट्याएर बहाल लगाउने भएका छौँ । उद्योग वाणिज्य संघसँग व्याहारिक अनुगमन गरेर ठाउँ अनुसार बहाल निर्धारण हुनेछ । संस्थागत बहाल कर १० प्रतिशत बनाएका छौँ।’

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;