इटहरीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा राजेन्द्र दाहाल

 लिम्बुवान न्युज
                       

इटहरी, ११ असार । संयुक्त पहिचानवादी मोर्चाको इटहरीमा अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार इहटरीस्थित कियाचूको भवनमा आयोजित कार्यक्रमले राजेन्द्र दाहालको संयोजकत्वमा ३९ सदस्यीय मोर्चा गठन गरेको हो ।

मोर्चाका संघीय संयोजक प्रो.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रम तथा संगठन विस्तार कार्यक्रमबाट समितिको सहसंयोजकहरुमा नरेन्द्र खिम्दिङ, दिपराज खिम्दुङ राई, बेदनारायण हुक्पा चोङबाङ र संघर्ष राई रहेका छन् भने सदस्य सचिवमा झहरमान थेवे चुनिएका छन् ।

कार्यक्रममा मोर्चाका नेताहरु अम्बर बहादुर पन्धाक, भक्त खेवाङ, अशोक चेम्जोङ, पदम अधिकारी, चन्द्र मादेन, जेन्टल लावती, अमर इजम, पूर्णकला लिम्बु, गंगा सेर्मा राई, भोजकुमार लावती जिल्ला संयोजक देउमान लिम्बु लगायत नेताहरुको सहभागिता रहेको मोर्चाका सुनसरी इन्चार्ज अमर इमजले लिम्बुवान खबरलाई बताएका छन् ।

कार्यक्रममा प्रो.डा. लावतीले सबै पहिचान पक्षधर राजनैतिक शक्तिहरु एकजुट हुनुपर्ने बताउँदै पहिचान पक्षधर चार पार्टीहरु अबको केही महिनाभित्रै एउटा पार्टी निर्माण गर्दै प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन, मुक्कुमलुङ लगायत सांस्कृतिक अतिक्रमणहरुको विरुद्धको आन्दोलनमा एकजुट भएर लाग्ने र लाग्न सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...