मोर्चाको झापा र मोरङमा अन्तरक्रिया

,   लिम्बुवान न्युज
                       

दमक, १३ असार । संयुक्त पहिचानवादी मोर्चाले झापा र मोरङ जिल्लामा राजनीतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतमा झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङको नगर कार्यालयमा विहीबार जिल्ला समितिका नेता तथा जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला गरिएको हो ।

मोर्चाका संघीय संयोजक लावतीले वर्तमान अवस्थामा पहिचान पक्षधर पार्टीहरु विभिन्न कारणले टुक्रा परेको हुँदा अब एकजुट भई नयाँ शिराबाट राजनीति शुरु गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको अध्यक्ष भएपछि मन्त्री वा प्रधानमन्त्री बनेमा स्वत पार्टी अध्यक्ष त्याग्नु पर्ने एक पद एक जिम्मेवारी पद्दती लागू गर्नुपर्ने उनले बताए ।

संयोजक लावतीले पार्टी अध्यक्ष राजा जस्तो बनेको हुँदा हुकुमी शासन लादिएको कारण पार्टीहरु असफल भएको बताए । उनले पार्टी अध्यक्ष दुई कार्यकाल लगातार अध्यक्ष बनेमा पनि पार्टी निर्माण निश्पक्ष नहुने भन्दै नयाँ बन्ने पार्टी अलि लोकतान्त्रिक र पहिचान झल्कने हुने बताए ।

यस्तैगरी बुधबार मोरङको बेलबारीमा समेत मोरङ जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम भएको थियो । मोर्चाका नेताहरु अशोक चेम्जोङ, चन्द्र मादेन, नन्द याम्फू, वाङगाई धिमाल, गंगा सेर्मा राई लगायतका संघीय नेताहरुले समेत आ–आफ्ना विचारहरु राखेका थिए ।

मोर्चाले आगामी केही महिनाभित्रै पार्टी निर्माणलाई टुंगोमा पुराउने गरिको सचिवालय समेत गठन गरेको छ भने युवा, विद्यार्थी, संचार, भूपुसैनिक, महिला, आर्थिक लगायत विभागहरु गठन गरेर जिम्मेवारी समेत दिई गतिविधि अगाडि बढाईरहेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;