दमकमा तिनदिने याक्थुङ भाषा ‘‘शिक्षक पेशागत विकास’’ कार्यशाला सुरू

,   लिम्बुवान न्युज
                       

  • दमक, १४ असार ।

झापाको दमकमा बिद्यालय शिक्षामा आदिवासी याक्थुङ लिम्बु भाषा, शिक्षक पेशागत विकास कार्यशाला सुरू भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यशाला किरात याक्थुङ चुम्लुङ सङघीय कार्यसमितिको आयोजनामा र अमेरिका स्थित कोलम्बिया बिश्व बिद्यालयको सहकार्य रहेको छ ।

शुक्रबार देखि शुरू भएकाे प्रशिक्षण कार्यक्रम आइतबार तीन दिनसम्म संचालन हुने बताइएकाे छ । कार्यशालामा झापा र मोरङका २० जना याक्थुङ भाषाका शिक्षकहरूको सहभागिता रहेको कियाचू लिम्बुवान प्रदेश समितिले जनाएकाे छ ।

कार्यशालालाई प्राज्ञ, भाषाविद तथा त्रिविका प्राध्यापक अमुर तुम्याङ,बिज्ञ तथा कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा. प्रेम फियाक र बिज्ञ तथा काठमाडौ बिश्वबिद्यालयका एमफिलका सोधार्थी पूर्ण कुमारी लिङदेनले सहजीकरण गरिरहेका छन् ।

किरात याक्थुङ चुम्लुङ झापाका उपाध्यक्ष हस्त आङदेम्बेको अध्यक्षकतामा  सम्पन्न उद्घाटन समारोहमा दमक याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति तथा पत्रकार सेसेमी मे नाल्बो, किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष डिबी कुरूम्बाङ, याक्थुङ समुदायका बिज्ञहरू तथा विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदेश्यमाथि प्रष्ट पार्दै कार्यशालाका सहजकर्ता कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा. फियाकले संविधानमा मातृभाषा शिक्षालाई लागू गर्नेबारे उल्लेख भएपनि विभिन्न कारणहरूले गर्दा लागू हुन नसकिरहेको अवस्था रहेको बताए । साथै प्राज्ञिक शिक्षकहरूको पेशागत विकासमा जोड दिन जरूरी रहेको समेत बताए ।

अरू हरेक विषयमा तालिमहरू हुने गर्छन तर मातृभाषामा शिक्षण गरिराखेका शिक्षकहरूको पेशागत तालिम भने हुंदैनन् त्यसैले ती शिक्षकहरूको पेशागत विकास होस् भन्ने उद्देश्यले यो कार्यशालाको आयोजना गरिएको चुम्लुङले जनाएकाे छ ।

मुन्धुम साबा इन्द्र आङदेम्बेको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बूवान प्रदेशका सदस्य सचिवालय सदस्य कबिन्द्र शेर्माले स्वागत गरेका थिए भने सञ्चालन प्रदेश सचिव साङसेन पन्धाकले गरेका थिए ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;