पत्रकारका लागि दुई करोड बजेट विनियोजन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १७ असार । गण्डकी प्रदेश सरकारले पत्रकारलाई आगामी आर्थिक ०७८/०७९ का लागि दुई करोड रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । कांग्रेस निकट प्रेस युनियन कास्कीसँगको भेटमा सामाजिक विकासमन्त्री तथा प्रवक्ता कुमार खड्काले पत्रकारका लागि उक्त रकम छुट्याएको बताएका हुन् ।

प्रवक्ता खड्काले आफ्नो सरकारले पत्रकारका लागि ‘नयाँ कार्यक्रम’ ल्याएको भन्दै उक्त रकम छुट्याएको बताए । ‘पत्रकार महासंघको भवन नबनेका ६ वटा जिल्लामा भवन निर्माण गर्न ६० लाख बजेटको प्रस्ताव पनि गरिएको छ,’–उनले भने ।

अहिलेको नवगठित सरकार जनताको पक्षमा रहेको प्रवक्ता खड्काले दाबी गरे । उनले पत्रकारको हकहितका लागि पत्रकारहरुसँगै सल्लाह गरेर अघि बढ्नेसमेत बताए ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा प्रदेश सरकारले पत्रकार भवन निर्माणदेखि पत्रकार महासंघको प्रदेश शाखाले स्थापना गरेको कोषमा रकम दिनेसम्मका योजना उल्लेख गरेको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । वैशाख २९ गते गठन भएको प्रदेश सरकारको मन्त्रालय बाँडफाँड मिल्न नसक्दा बजेटमाथिको छलफल भने अझै शुरु हुन सकेको छैन ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;