पत्रकारका लागि दुई करोड बजेट विनियोजन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १७ असार । गण्डकी प्रदेश सरकारले पत्रकारलाई आगामी आर्थिक ०७८/०७९ का लागि दुई करोड रुपैयाँभन्दा बढी विनियोजन गरेको छ । कांग्रेस निकट प्रेस युनियन कास्कीसँगको भेटमा सामाजिक विकासमन्त्री तथा प्रवक्ता कुमार खड्काले पत्रकारका लागि उक्त रकम छुट्याएको बताएका हुन् ।

प्रवक्ता खड्काले आफ्नो सरकारले पत्रकारका लागि ‘नयाँ कार्यक्रम’ ल्याएको भन्दै उक्त रकम छुट्याएको बताए । ‘पत्रकार महासंघको भवन नबनेका ६ वटा जिल्लामा भवन निर्माण गर्न ६० लाख बजेटको प्रस्ताव पनि गरिएको छ,’–उनले भने ।

अहिलेको नवगठित सरकार जनताको पक्षमा रहेको प्रवक्ता खड्काले दाबी गरे । उनले पत्रकारको हकहितका लागि पत्रकारहरुसँगै सल्लाह गरेर अघि बढ्नेसमेत बताए ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा प्रदेश सरकारले पत्रकार भवन निर्माणदेखि पत्रकार महासंघको प्रदेश शाखाले स्थापना गरेको कोषमा रकम दिनेसम्मका योजना उल्लेख गरेको छ ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको छ । वैशाख २९ गते गठन भएको प्रदेश सरकारको मन्त्रालय बाँडफाँड मिल्न नसक्दा बजेटमाथिको छलफल भने अझै शुरु हुन सकेको छैन ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;