चिनीयाँ कम्युनिष्ट पार्टीले मनायौं १००औं बर्षगाँठ

,   लिम्बुवान न्युज
                       

एनेन्सी। चिनियाँ कम्युनिष्ट पार्टीले आजबाट सय वर्ष पूरा गरेको छ । सत्तारूढ पार्टीले सय वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार बिहान चीनको राजधानी बेइजिङस्थित तियामेन स्क्वायरमा भव्य कार्यक्रम आयोजना गरी १००औं बर्ष गाँठ भव्य रुपमा मनाएको छ ।

उक्त कार्यक्रममा पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले चीनलाई होच्याउने युगको सधैँका लागि अन्त्य भइसकेको बताएका छन् ।

‘चिनियाँहरू पुराना कुराहरूलाई ध्वस्त पार्न मात्र होइन नयाँ संसार बनाउन पनि सिपालु छन्,’ सीले भने, ‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ ।’

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो बैठक सांघाईमा भएको थियो। उक्त बैठक ठ्याक्कै कहिले भएको थियो भन्ने एकिन छैन। पछि माओ त्से तुङले जुलाई १ मा उक्त बैठक भएको बताएका थिए। सोही आधारमा जुलाई १ लाई चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको रूपमा मनाइन्छ ।

सशस्त्र युद्ध गरेको चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा राजधानी बेइजिङमा जित हासिल गरेको थियो। सोही वर्ष अक्टोबर १ मा माओले चीनलाई जनवादी गणतन्त्र घोषणा गरेका थिए ।

त्यसयता चिनियाँ कम्युनिष्ट पार्टी लगातार सत्तामा छ । तमाम उतार–चढावका बीच पछिल्लो समय चीन शक्ति राष्ट्रका रूपमा उदाएको छ। संसारकै सबैभन्दा बढी जनसंख्या भएको चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड ५२ लाख पार्टी सदस्य छन्। त्यो भनेको चीनको जनसंख्याको ६.७ प्रतिशत हो ।

सुरूमा किसान र मजदुरको पार्टीका रूपमा स्थापित भएको पार्टीमा सन् १९८२ देखि विश्वविद्यालयका विद्यार्थी र सन् २००२ देखि निजी उद्यमीलाई पनि सदस्यता दिन थालिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमा महिलाको सदस्यता संख्या २८.८ प्रतिशतमात्र छ भने पार्टीका सबै शीर्ष सात नेता पुरुष छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी संसारकै दोस्रो ठूलो राजनीतिक पार्टी हो । सदस्यका हिसाबले सबैभन्दा ठूलो राजनीतिक दल भारतीय जनता पार्टी हो । उसका १८ करोड पार्टी सदस्य छन् ।

(तस्वीरः विभिन्न एजेन्सीहरूबाट)

 

 

 

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;