कोभिडपछिको पत्रकारिता: चुनौती र दायित्व बारे छलफल

 लिम्बुवान न्युज
                       

बिर्तामोड, १७ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोभिडपछिको पत्रकारिताः चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल भएको छ । बिहीबार भएको छलफलमा पत्रकारका विभिन्न संगठनका नेता तथा प्रेस क्लबका अध्यक्षहरु सहभागी थिए ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको छलफलमा सहभागी वक्ताले सञ्चारकर्मी र सञ्चारमाध्यम कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको बताए ।

वक्ताहरुले पत्रकार र सञ्चारमाध्यमलाई पत्रकारिताको सामान्य जीवनतर्फ फर्काउन स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीयसंगै प्रदेश र संघीय सरकारले प्रभावितहरुका लागि राहत प्याकेज ल्याउनु पर्ने उनीहरुको भनाइ छ । पत्रकार र कार्यरत सञ्चारमाध्यम दुबै आर्थिक रुपले समस्यामा परेको, स्वास्थ्यको जोखिम उत्तिकै रहेको बताउँदै पत्रकार संगठनका नेताहरुले समस्या र चुनौतिको सामना गर्न पत्रकारका सबै संगठनबीच सहकार्य जरुरी रहेको पनि औल्याएका छन् ।

छलफलमा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तथा प्रेस क्लव भद्रपुरका अध्यक्ष गोविन्द चन्द क्षेत्री, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेली, सचिव डिल्लीराम घोर्साइ, प्रेस चौतारी झापाका अध्यक्ष टीकाराम उप्रेती, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष कमन देवान, संघीय पत्रकार मञ्च, नेपालका अध्यक्ष दिलकुमार लावती, स्वतन्त्र पत्रकार मञ्चका केन्द्रीय सदस्य नरेन्द्र ढकालले पत्रकारहरुलाई पत्रकारितामा टिकाउने र परिवर्तित परिस्थिति अनुसारको क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमालचन्द्र खरेल, प्रेस क्लव मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, कनकाई प्रेस क्लवका अध्यक्ष राम निरौला लगायतले चुनौतीहरुको सामना गर्दै पत्रकारले महामारीको समयमा स्वास्थ्य सुरक्षाप्रति सचेत रहेर काम गर्नुपर्ने बताए । महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत, उपाध्यक्ष सुशिला संग्रौलाले धन्यवाद ज्ञापन र कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

पत्रकार संगठनका नेताहरुले मिडियाको प्रभावकारिता बढाउन बद्लिँदो परिस्थितिमा प्रविधिमा आम नागरिकको पहुँच बढाउनुपर्ने, सबै नागरिकलाई खोपको व्यवस्थापछि मात्र जनजीवन सामान्य हुने र सँगै पत्रकारिता सहज हुने भन्दै त्यसका लागि सरकारलाई दवाव दिनुपर्ने बताएका छन् । सबैभन्दा बढी संकट छापा सञ्चारमाध्यमले व्यहोर्नु परेको भन्दै सहभागीले रोजगारी गुमाएका र तलब नपाएका पत्रकारहरुका लागि लेखनवृत्ति लगायतका अवसर प्रदान गर्नुपर्ने, जिल्लाको समग्र सञ्चार क्षेत्रको अवस्था अनुगमन गरी आवश्यकताहरुको प्राथमिकीकरणको आधारमा अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;