बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु, २७ घाइते, २९ बेपत्ता

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। देशका विभिन्न स्थानहरुमा गत जेठ ३१ गतेदेखि असार १७ गतेसम्म बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् भने २९ जनाको अवस्था अज्ञात छ ।

१९ दिनको अवधिमा १६१ परिवार बाढी र पहिरोको प्रकोपबाट प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले उपलब्ध गराएको पछिल्लो १९ दिनको तथ्याङ्क अनुसार बाढी र पहिरोबाट ४२ जिल्ला प्रभावित भएका छन् ।

२०७७ सालमा यहि अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो । केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ ।

बाढी र पहिरोका कारण मृत्यु हुनेहरुमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् । डोटीमा ४ जना, रोल्पामा ३ जनाको मृत्यु भएको छ भने रौतहट, चितवन र तनहुँमा २–२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । त्यस्तै पाँचथर, सप्तरी, सिन्धुली, काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङमा एक–एक जनाको मृत्यु भएको बताइएको छ ।

केन्द्रले मनसुनजन्य विपदमा परि मृत्यु, बेपत्ता र घाइते भएकाहरुको विवरण नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट अध्यावधिक गर्दै आएको जनाएको छ ।

जेठ २८ गते नेपाल भित्रिएको यस वर्षको मनसुन जेठ ३० गतेबाट देशभर फैलिएको थियो । यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले पहिल्यै सार्वजनिक गरेका थिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार यस वर्षको मनसुन अवधिमा २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने आँकलन प्रधिकरणले गरेको छ ।

गत वर्षको सुक्खायाममा लागेको डढेलोले रूखपात र पानी सोस्न सक्ने क्षमता घटाइदिएको र उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापहरु कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती रहेकाले पनि यस वर्षको मनसुनमा बढी जनधनको क्षति हुन सक्ने अनुमान प्राधिकरणले गरेको हो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...