बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु, २७ घाइते, २९ बेपत्ता

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। देशका विभिन्न स्थानहरुमा गत जेठ ३१ गतेदेखि असार १७ गतेसम्म बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् भने २९ जनाको अवस्था अज्ञात छ ।

१९ दिनको अवधिमा १६१ परिवार बाढी र पहिरोको प्रकोपबाट प्रभावित भएका छन् भने २ करोड ४६ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले उपलब्ध गराएको पछिल्लो १९ दिनको तथ्याङ्क अनुसार बाढी र पहिरोबाट ४२ जिल्ला प्रभावित भएका छन् ।

२०७७ सालमा यहि अवधिमा बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । यो अवधिमा ३० जिल्लाका ६७ परिवार प्रभावित भएका थिए भने ७५ लाख २७ हजार बराबरको भौतिक क्षति भएको थियो । केन्द्रको तथ्यांकलाई हेर्दा यस वर्ष मनसुनको सुरुआती चरणमै गत वर्षको भन्दा बढी जनधनको क्षति भएको देखिन्छ ।

बाढी र पहिरोका कारण मृत्यु हुनेहरुमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् । डोटीमा ४ जना, रोल्पामा ३ जनाको मृत्यु भएको छ भने रौतहट, चितवन र तनहुँमा २–२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । त्यस्तै पाँचथर, सप्तरी, सिन्धुली, काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, जुम्ला, कालीकोट, बाजुरा र बझाङमा एक–एक जनाको मृत्यु भएको बताइएको छ ।

केन्द्रले मनसुनजन्य विपदमा परि मृत्यु, बेपत्ता र घाइते भएकाहरुको विवरण नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकबाट अध्यावधिक गर्दै आएको जनाएको छ ।

जेठ २८ गते नेपाल भित्रिएको यस वर्षको मनसुन जेठ ३० गतेबाट देशभर फैलिएको थियो । यस वर्षको मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले पहिल्यै सार्वजनिक गरेका थिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार यस वर्षको मनसुन अवधिमा २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने आँकलन प्रधिकरणले गरेको छ ।

गत वर्षको सुक्खायाममा लागेको डढेलोले रूखपात र पानी सोस्न सक्ने क्षमता घटाइदिएको र उद्धार, पुनःस्थापना र प्रतिकार्यका अरु क्रियाकलापहरु कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिएर गर्नुपर्ने चुनौती रहेकाले पनि यस वर्षको मनसुनमा बढी जनधनको क्षति हुन सक्ने अनुमान प्राधिकरणले गरेको हो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...