काठमाडौं, १९असार। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका लागि नेतृत्वलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले पार्टी र पार्टी नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले भने– ‘यतिबेला एमाले सरकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । आफ्नै पार्टीका साथीहरु पनि एमाले सिध्याउन लाइनमा लागिपर्नु भएको छ,’ । यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जानु पर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष ओलीले नेताहरुलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको स्रोतले बताएको छ ।
एमाले र एमाले सरकार बिरुद्ध ठूलो षडयन्त्र भईरहेको जिकीर गर्दै अध्यक्ष ओलीले परिस्थित जटिल बन्दै गएको आभाष महसुस भईरहको बताउँदै भइरहेको बताउँदै पार्टीको मोर्चामा रहेका नेताहरुलाई तयारी रहन निर्देशन दिएका छन् ।