ओलीद्वारा आन्दोलनका लागि तयार रहन निर्देशन

 लिम्बुवान न्युज
                       

काठमाडौं, १९असार। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका लागि नेतृत्वलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले पार्टी र पार्टी नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले भने– ‘यतिबेला एमाले सरकारका विरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । आफ्नै पार्टीका साथीहरु पनि एमाले सिध्याउन लाइनमा लागिपर्नु भएको छ,’ । यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जानु पर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष ओलीले नेताहरुलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको स्रोतले बताएको छ ।

एमाले र एमाले सरकार बिरुद्ध ठूलो षडयन्त्र भईरहेको जिकीर गर्दै अध्यक्ष ओलीले परिस्थित जटिल बन्दै गएको आभाष महसुस भईरहको बताउँदै भइरहेको बताउँदै पार्टीको मोर्चामा रहेका नेताहरुलाई तयारी रहन निर्देशन दिएका छन् ।

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;