मोरङ, १९ असार/ वेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरेले सुतेकै ठाउँमा श्रीमतीको हत्या गरेका छन् । उनले आफ्नो ४८ बर्षीया श्रीमती सीता घिमिरेको हत्या गरेका हुन ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न घिमिरेलाई घरबाट २ किलोमिटर टाढा रहेको गुवालीबाट पक्राउ गरेको छ ।
शुक्रबार बेलुका अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आएर काठको मुंग्रोले कन्चटमा पटक–पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेकामाथि ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Related