पालिकाद्वारा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत

 लिम्बुवान न्युज
                       

चुलाचुली। चुलाचुली गाउँपालिकाको आठौ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाको समापन कार्यक्रममा पालिका भित्रका विभिन्न विधाका उत्कृष्टहरुलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ ।

यसैक्रममा सर्वोकृष्ट कर्मचारी लेखा अधिकृत मिलन कुमार भट्टराई बनेका छन् । त्यस्तै वडा सचिवहरुमा उत्कृष्ट कर्मचारी चुलाचुली १ की वडासचिव निरु घिमीरे बनेकी छन् ।

यसरी नै टठ बहादुर तिम्सिना उत्कृष्ट कार्यालय सहयोगी बनेका छन् । उत्कृष्ट प्राविधिक सहायकमा दीपेन्द्र राई, उत्कृष्ट सिनियर अनमी स्वास्थ्य शाखा कर्मचारीमा विमली राई बनेकी छन् ।

पालिका भरीको उत्कृष्ट शिक्षक र शिक्षिकामा क्रमशः बालज्योति माविका शिक्षक रुद्र प्रभात गिरी र श्री पञ्चकन्या आविका शिक्षिका खडी माया प्रधान बनेकी छन् । त्यसैगरी उत्कृष्ट विद्यालय कर्मचारीमा गीताञ्जली आबिका डमरु घिमीरे बनेका छन् । पालिकाकै उत्कृष्ट माविमा किरातेश्वर मावि, चुलाचुली ३, उत्कृष्ट विद्यालय आविमा पञ्चकन्या आवि चुलाचुली २ पर्न सफल भएका छन् ।

यसरी नै चुलाचुली–४ को प्रगतिशिल मार्ग दक्षिण जोगी टोल जाने बाटो स्तर उन्नती उपभोक्ता समितिलाई उत्कृष्ट समितिबाट पुरस्कृत गरेको पालिकाले जमुना कन्ट्रक्सन एण्ड सप्लायर्स, इलामका प्रोपाइटर नारद मणि साम्पाङ्लाई उत्कृष्ट निर्माण व्यवसायीको रुपमा पुरस्कृत गरेको छ ।

सम्मानित एवंम् पुरस्कृत उत्कृष्टहरुलाई गाउँसभा समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई र उपाध्यक्ष निर्मला दाहालले सम्मान गरेका छन् ।

गाउँपालिकाले आठौं गाउँसभा यहि असार ७ गतेबाट शुरु गरेको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...