दमक नगरमा गत बर्षभन्दा २३ करोड बढी रकम विनियोजन गर्दैः नीति तथा कार्यक्रम पारित

 लिम्बुवान न्युज
                       

  • डिकेश लामा

लिम्बुवानखबर, दमक। झापाको दमक नगर पालिकाले यस अघि असार १० गते प्रस्तुत गरेको बजेट सहितको नीति तथा कार्याक्रम आज पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर समेत रहेको दमक नगरपालिकामा गत बर्ष भन्दा २३ करोड धेरै बजेट ल्याइएको छ । यस बर्ष १ अर्व ३८ करोड बजेटको नीति तथा कार्याक्रम शनिबार बसेको सभाले पारित गरेको छ ।

नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको ९ औं नगरसभाले ३ वटा विधयेक समेत पारित गरेको छ । उपप्रमुख गीता अधिकारीले पेश गर्नु भएको आर्थिक विधयेक २०७८, विनियोजन विधयेक २०७८ र नगरको कर्मचारीको तह तथा स्तरबृद्धि सम्बन्धी विषेश व्यवस्था गर्न बनेको विधयेक २०७८ पारित भएका छन् ।

सभामा नगरका विभिन्न १३ वटा समितिको बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । सभाले नगरपालिकालाई उपमहानगर पालिका बनाउन आवश्यक पहल गर्ने प्रस्ताव समेत ल्याएको छ ।

एक अर्ब ३८ करोडको बजेट

नगरपालिकाले आगामी आव २०७८÷७९ का लागि रु एक अर्ब ३८ करोड ४५ लाख ९९ हजारको बजेट पारित गरेको छ । नगरले भौतिक पूर्वाधारको साथै आर्थिक, सामाजिक विकासका गतिलाई अघि बढाउने उद्देश्यले कृषि, उद्योग, वाणिज्य तथा पर्यटन, सहकारी, पशुपक्षी विकास, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य तथा सामाजिक सुरक्षा र संरक्षण, खानेपानी, सरसफाइ, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलगायतका क्षेत्रका लागि रु ४२ करोड ५२ लाख ६९ हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनलगायतका क्षेत्रमा नगरले रु आठ करोड ९७ लाख ६८ लाख बजेट छुट्याइएको छ । नगरपालिकाले सङ्घीय सरकारले तोकेअनुरुप नै विद्यालयमा कार्यरत बालशिक्षिका र कर्मचारीलाई प्रतिव्यक्ति मासिक रु सात हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध नहुन्जेलसम्म करार कर्मचारीले पाए सहर संचय कोषको सुविधामा आवद्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।

कृषिक्षेत्र जनजीविकाको महत्वपूर्ण आधार भएको हुँदा कृषकलाई प्रोत्साहन गर्न अनुदान तथा निःशुल्क सेवाको व्यवस्था गर्न रु एक करोड नौ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रोजगार सेवा केन्द्र स्थापना भइसकेको हुँदा ‘नजाऊँ विदेशमा, सम्भव छ आफ्नै ठाउँमा’ भन्ने नारा तयार गरेर नगरले अभियान सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले पर्यटकीय गन्तव्यमा फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक स्थान, मठमन्दिर, गुम्बा, ग्रामथान तथा महाराजथान, माङ्गहिम, मदरसा, चर्च आदिको संरक्षण गरिनुका साथै छुट्टाछुट्टै स्थानको प्रोफायल तयार गर्ने योजना बनाएको छ । नगरले भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासका क्रियाकलाप सञ्चालन गर्ने तथा भाषा, साहित्य कला र संस्कृतिमा योगदान पु¥याउने व्यक्तिलाई नगर साहित्यिक पुरस्कार समेत दिइने घोषणा गरेको छ ।

राष्ट्रिय गौरवका आयोजनामा जोड

दमकमै विश्वको अग्लो बुद्धमूर्तिसहितको ‘विराट बुद्ध पार्क’ निर्माणका लागि यस वर्ष डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य सक्ने लक्ष्य लिइएको छ ।

यसैगरी दमक–८ मा बहुुजातीय सङ्ग्रहालय, दमक–१० स्थित सिंहबाहिनी माविको जग्गामा नेपाल विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी ‘साइन्स पार्क’ निर्माणका लागि डिपिआर सक्ने भएको छ । दमक क्षेत्रमा सङ्घीय सरकारले निर्माण गरिरहेको दमक भ्यूटावर, दमक सभाहल, नेपाल चीनमैत्री औद्योगिक पार्क, मदन भण्डारी रङ्गशाला लगायतका राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्न नगरपालिकाले समन्वय र पहल गर्ने भएको छ ।

निरोगी शहरमा जोड

दमक नगरपालिकाले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति तथा बजेटमा नगरलाई ‘निरोगी शहर’ बनाउने प्रण गरिएको छ । पच्चीस शय्यामा सञ्चालन भइरहेको दमक अस्पताललाई आगामी आवमा ५० शय्यामा विस्तार गरिने र त्यसको सञ्चालनमा लाग्ने रु ११ करोड नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने नगर उपप्रमुख गीता अधिकारीले बताउनुभयो ।

कोभिड–१९ को सङ्क्रमणबाट नगरवासीलाई जोगाउन विपद् व्यवस्थापन कोषमा रु दुई करोड ५० लाख बजेट छुट्याइएको र अग्रपङ्क्तिमा रही काम गर्दै आएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुविधा र प्रोत्साहन दिइने उहाँले बजेटमा उल्लेख गर्नुभएको छ । घरमै सुत्केरी गराउने कार्य शून्यमा पु¥याउने लक्ष्य लिएर सुत्केरीलाई अस्पताल पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था नगरपालिकाले मिलाउने भएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै पु¥याइने जनाइएको छ ।

सामुदायिक विधालयमा बस

निजी विद्यालयमा पढ्ने विद्यार्थी स्कूल बस चढेर पढ्न जाने गरेकामा नगरपालिकाका सरकारी विद्यालयका विद्यार्थीले पनि अब निःशुल्करूपमा स्कूल बस प्रयोग गर्न पाउने भएका छन् । नगरपालिकाले सामुदयिक विद्यालयका लागि तीनवटा नगर स्कूल बस सञ्चालनमा ल्याउने जनाएको छ । यसबाट विद्यालय छाड्ने प्रवृत्ति निरुत्साहित हुने र सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको उपप्रमुख अधिकारीले बजेटमा उल्लेख गर्नुभएको छ । यस अघि हिमालय माविले नगरको सहयोगमा बस संचालनमा ल्याइसकेको छ ।

कृषिमा अनुदान

कृषि क्षेत्रमा बढ्दो निराशालाई आशामा बदल्न दमक नगरपालिकाले व्यावसायिक तथा सामूहिक खेतीमा प्रशस्त अनुदान दिने कार्यक्रम ल्याएको छ । ‘कृषिमा प्रोत्साहन, अनुदानै अनुदान’ कार्यक्रमअन्तर्गत नगरभित्रका कृषि समूह तथा कृषि सहकारीलाई सिँचाइका लागि खपत भएको विद्युत् महसुलमा शतप्रतिशत अनुदान दिने भएको छ ।

कृषि चुन र माटो परीक्षण सेवा निःशुल्क पाइने तथा जैविक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरको नीति रहेको छ । वैदेशिक रोजगारीको साटो स्वदेशमै कृषि उद्यममा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले सामूहिक खेतीमा नगरपालिकाले प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाकाले ‘खनौँ आफ्नो माटो, छोडौँ विदेशको बाटो’ नारा तय गरेको छ । ‘बालीमा विषादी, स्वास्थ्यमा बर्बादी’ अभियान सञ्चालन गरी नगरले विषादीको प्रयोग न्यूनीकरण गर्ने र जैविक खेतीलाई प्रोत्साहित गर्ने भएको छ ।

शरणार्थी सङ्ग्रहालय बनाइने

भूटानी शरणार्थीले बसोबास गरेको बेलडाँगी शिविर क्षेत्र अहिले खाली भएको छ । तेस्रो मुलुकमा उनीहरु पुनर्वास भएर गएपछि खाली रहेको शिविर क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगरपालिकाले ‘शरणार्थी सङ्ग्रहालय’ बनाउने घोषणा गरेको छ ।

सो शिविर क्षेत्रमा कुनै समय करिब एक लाख भुटानी शरणार्थीले आश्रय लिएका थिए । विदेशमा गएका पूर्व शरणार्थी, विदेशी दातृ संस्था र सरोकारवाला सङ्घसंस्थासँग साझेदारी गरेर सङ्ग्रहालय बनाउने नगरको योजना छ । संग्रालयका लागि यस बर्ष प्रदेश सरकारले समेत नीति तथा कार्याक्रममा समेटेको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...