चुलाचुलीमा निर्माणाधिन खानेपानीबाट ७ सय ४० घरधुरी लाभान्भित हुने

 लिम्बुवान न्युज
                       

चुलाचुली, २०असार। इलामको दक्षिणी क्षेत्रको चुलाचुली गाउँपालिकामा संघीय सरकार आएपछि विकासमा फड्को मारेको पाइन्छ । चुलाचुली गाउँपालिका वडा नं. २ मा खानेपानीको समस्यालाई मध्यनजर गर्दै ८० फिट उचाई भएको खानेपानी ट्याङकीको निर्माण कार्यसंगै फिल्टर प्रबिधि जडानको समेत काम सकिएको छ ।

करिब ६ कट्ठा जग्गामा निर्माण भईरहेको खानेपानी ट्याङ्की पाँच बर्षे योजना अन्तर्गत ७ करोड रुपैयाँ अनुमानित बजेटको रहेकोमा हाल ४ करोड बराबरको काम सकिएको छ ।

२ सय ५० लाख घन लिटर क्षमता भएको ट्याङकीको निर्माण कार्य गत आर्थिक बर्षमा सम्पन्न भई ४० प्रतिशत पाइप बिछ्याउने काम समेत भईरहेको चुलाचुली वडा २ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव विपिन योङया बताए ।

योङयाका अनुसार–, ‘आगामी चालु आर्थिक बर्षभित्र खानेपानीको सम्पूर्ण कार्य सकेर वडावासीहरुलाई चौबिसै घण्टा शुद्ध खानेपानी घरघरमै खान पाउने वताए ।’ चुलाचुलीका जनताहरुले अहिलेसम्म पनि शुद्धपानी पिउन सकेरहेका थिएनन्, जमिनमूनिबाट आउने ट्युवेलको पानी खाने योग्य नभएको हुँदा यहाँ जनताहरु शुद्ध पानी पिउनबाट बन्चित भएका थिए तर अब चुलाचुलीबासीले शुद्ध पिउने पानी पिउन थाल्ने सचिव योङ्याले बताए ।

चुलाचुली गाउँपालिका सर्बेक्षण २०७४ अनुसार ७ सय ४० घुरधूरी रहेको २ नं. वडामा ३ हजार ४ सय ९४ कूल जनसंख्या रहेका छन् ।

संघीय सरकार र १ नं. प्रदेश सरकारबाट विनियोजन बजेट अन्तर्गत वडा नं. २ संगै क्रमशः १, ३, ४ र ५ मा समेत खानेपानी ट्याङकीको निर्माण कार्य ७० प्रतिशित काम भइरहेको योङ्याले जानकारी दिएका छन् ।

चालु भइरहेको खानेपानी योजनाका लागि आर्थिक बर्ष २०७८÷०७९ मा १ नं. प्रदेश सरकार अन्तर्गत संयुक्त वडाहरुका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएको चुलाचुलीवासीले केहि बर्षभित्र यस समस्याबाट मुक्ति पाउने सचिव योङ्याले जिकीर गरेका छन् ।

(तस्वीरः चुलाचुली मिडियाबाट)

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;