चुलाचुलीमा निर्माणाधिन खानेपानीबाट ७ सय ४० घरधुरी लाभान्भित हुने

,   लिम्बुवान न्युज
                       

चुलाचुली, २०असार। इलामको दक्षिणी क्षेत्रको चुलाचुली गाउँपालिकामा संघीय सरकार आएपछि विकासमा फड्को मारेको पाइन्छ । चुलाचुली गाउँपालिका वडा नं. २ मा खानेपानीको समस्यालाई मध्यनजर गर्दै ८० फिट उचाई भएको खानेपानी ट्याङकीको निर्माण कार्यसंगै फिल्टर प्रबिधि जडानको समेत काम सकिएको छ ।

करिब ६ कट्ठा जग्गामा निर्माण भईरहेको खानेपानी ट्याङ्की पाँच बर्षे योजना अन्तर्गत ७ करोड रुपैयाँ अनुमानित बजेटको रहेकोमा हाल ४ करोड बराबरको काम सकिएको छ ।

२ सय ५० लाख घन लिटर क्षमता भएको ट्याङकीको निर्माण कार्य गत आर्थिक बर्षमा सम्पन्न भई ४० प्रतिशत पाइप बिछ्याउने काम समेत भईरहेको चुलाचुली वडा २ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव विपिन योङया बताए ।

योङयाका अनुसार–, ‘आगामी चालु आर्थिक बर्षभित्र खानेपानीको सम्पूर्ण कार्य सकेर वडावासीहरुलाई चौबिसै घण्टा शुद्ध खानेपानी घरघरमै खान पाउने वताए ।’ चुलाचुलीका जनताहरुले अहिलेसम्म पनि शुद्धपानी पिउन सकेरहेका थिएनन्, जमिनमूनिबाट आउने ट्युवेलको पानी खाने योग्य नभएको हुँदा यहाँ जनताहरु शुद्ध पानी पिउनबाट बन्चित भएका थिए तर अब चुलाचुलीबासीले शुद्ध पिउने पानी पिउन थाल्ने सचिव योङ्याले बताए ।

चुलाचुली गाउँपालिका सर्बेक्षण २०७४ अनुसार ७ सय ४० घुरधूरी रहेको २ नं. वडामा ३ हजार ४ सय ९४ कूल जनसंख्या रहेका छन् ।

संघीय सरकार र १ नं. प्रदेश सरकारबाट विनियोजन बजेट अन्तर्गत वडा नं. २ संगै क्रमशः १, ३, ४ र ५ मा समेत खानेपानी ट्याङकीको निर्माण कार्य ७० प्रतिशित काम भइरहेको योङ्याले जानकारी दिएका छन् ।

चालु भइरहेको खानेपानी योजनाका लागि आर्थिक बर्ष २०७८÷०७९ मा १ नं. प्रदेश सरकार अन्तर्गत संयुक्त वडाहरुका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएको चुलाचुलीवासीले केहि बर्षभित्र यस समस्याबाट मुक्ति पाउने सचिव योङ्याले जिकीर गरेका छन् ।

(तस्वीरः चुलाचुली मिडियाबाट)

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;