कमलमा स्थानीय सरकारद्वारा २० जातीय संस्थालाई सामग्री हस्तान्तरण

 लिम्बुवान न्युज
                       

  • बसन्तराज सुब्बा

झापा, २०असार। झापाको कमल गाउँपालिकाले २० जातीय संघ संस्थाहरुलाई भेषभूषा तथा संस्कृति झल्कने सामाग्री हस्तान्तरण गरेको छ । नेपाल आदिवासी जनजाति महासंघले आज आयोजना गरेको प्लम्बिङ् तालिम समापन कार्यक्रममा सामाग्री वितरण गरिएको हो ।

कमल ३ को शहिद धर्म भक्त माविमा महासंघले स्थानीय सरकारको सहयोगमा संचालन गरेको ४५ दिने प्लम्बिङ तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष निर्मला दाहाल र विशिष्ट अतिथि उपाध्यक्ष बेनु सिवाकोटीद्वारा विभिन्न २० सुचीकृति आदिवासी जनजातिका संस्थाहरुलाई च्याब्रुङ, बाजागाजा, राष्ट्रिय झण्डा संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी ४५ दिने प्लम्विङ तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । उक्त प्लम्बिङ तालिमलाई भिम तामाङ र दुर्गाप्रसाद रिजालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि काफ्लेले नेपाल एक बहुजातिय, बहुसंस्कृति, बहुभाषिक र विविधता युक्त भएको मुलुक भएको हुँदा भाषा, संस्कार, संस्कृति लोप हँुदै जाँदा त्यसको संरक्षण र प्रबन्धनको लागि सरकारको बजेट अनुरूप हाम्रो कमल गाउँपालिकाले पनि सहयोग गर्दै आईरहेको बताइन् । अध्यक्ष काफ्लेले स्वरोजगार कार्यक्रम अन्तर्गत ४५ दिने प्लम्बिङ तालिम लिनुहुने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई दिएका छन् ।

कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद कमल गाउँपालिकाका अध्यक्ष छत्रहाङ् फागोको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा कमल गाउँ महिला विकास शाखा प्रमुख रेनुका गौतम, ३ नं. वडाध्यक्ष नर प्रसाद दंगाल, लालिमा बोडिङ स्कुलका प्रिंसिपल गौरीमान फागो, फोनिक्स बोडिङका प्रिन्सीपल बद्री सम्पाङ राई, स्कूल व्यवस्थापक समिति अध्यक्ष चक्र गुरुङ, महिला समावेशी शशक्तिकरणका अध्यक्ष गौरा चापागाई, समाजसेवी मन कुमार थलङ लगायत २० वटा जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अकल बहादुर गुरुङले गरेका थिए भने संचालन संस्थाका सचिब मन कुमार तामाङले गरेका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;