ताप्लेजुङमा ३४ कोरोना संक्रमित थपिए

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। ताप्लेजुङमा आईतबार ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा २० जना पीसीआर र ८ जना एन्टिजेनका रहेका छन् ।

सानिमा हाइड्रोपावरमा कार्यारत कर्मचारीको ५१ जनाको पीसीआरको रिपोर्ट आउँदा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । केहीदिन अगाडी ६२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १ महिला सहित २० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले बताए ।

यस्तै सानिमा हाइड्रो पावरमा कार्यारत थप ११ जना कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै जिल्ला अस्पताल ताप्लेजुङमा १५ जनाको परीक्षण गर्दा ७ जनाको एन्टिजेन पोजेटिभ देखिएको छ । पाथीभरा याङवरक गाउँपालिकामा ३ जनाको गर्दा १ जनालाई संक्रमण देखिएको हो । मेरिङदेन गाउँपालिका १० जनाको परीक्षण गर्दा ६ जनालाई पुष्टि भएको छ ।

त्यस्तै मैवाखोला गाउँपालिकामा फलोअप ८ जनाको परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको तथ्याङ्क अधिकृत कठायतले जानकारी दिनुभयो । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ७ सय ७२ जना रहेका छन् भने ५ सय २९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...