ताप्लेजुङमा ३४ कोरोना संक्रमित थपिए

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। ताप्लेजुङमा आईतबार ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा २० जना पीसीआर र ८ जना एन्टिजेनका रहेका छन् ।

सानिमा हाइड्रोपावरमा कार्यारत कर्मचारीको ५१ जनाको पीसीआरको रिपोर्ट आउँदा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । केहीदिन अगाडी ६२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १ महिला सहित २० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले बताए ।

यस्तै सानिमा हाइड्रो पावरमा कार्यारत थप ११ जना कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै जिल्ला अस्पताल ताप्लेजुङमा १५ जनाको परीक्षण गर्दा ७ जनाको एन्टिजेन पोजेटिभ देखिएको छ । पाथीभरा याङवरक गाउँपालिकामा ३ जनाको गर्दा १ जनालाई संक्रमण देखिएको हो । मेरिङदेन गाउँपालिका १० जनाको परीक्षण गर्दा ६ जनालाई पुष्टि भएको छ ।

त्यस्तै मैवाखोला गाउँपालिकामा फलोअप ८ जनाको परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको तथ्याङ्क अधिकृत कठायतले जानकारी दिनुभयो । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ७ सय ७२ जना रहेका छन् भने ५ सय २९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...