झापामा निषेधाज्ञा असार ३१ सम्म लम्बियो, व्यावसाय ५ बजेसम्म खुल्ने

 लिम्बुवान न्युज
                       

दमक । झापामा निषेधाज्ञालाई खुकुलो बनाउँदै असार ३१ सम्म लम्बाउने निर्णय भएको छ । आज (सोमबार) जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो ।

बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्म लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ । त्यस्तै होटेल तथा रेष्टुरेन्टहरुले टेक–अबे सेवाकै रुपमा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाद्वारा जारी निषेधाज्ञामा उल्लेख गरिएको छ ।

यसैगरी मध्यराती १२ बजेदेखि सवारीसाधनको हकमा सार्वजनिक तथा निजी सवारीसाधन खुलाउने निर्णय गरेको छ । सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी र इलाम जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउन पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

अन्यको हकमा यथावत नै रहने गरी जारी निषेधाज्ञामा उल्लेख भए बमोजिम नै लागू गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...