जसपा फूटको संघारमा

 लिम्बुवान न्युज
                       

काठमाडौं , २२ असार।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)लाई आज (मंगलबार) बोलाएको छलफलमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको सहमतिको सम्भावना ठुङ्गिएको छ । जसपामा अबसँगै बस्ने अवस्था नरहेको ठाकुर पक्षले संकेत दिएको हुँदा पार्टी फूटको संघारमा उभिएको हो ।

निर्वाचन आयोगमा मंगलबार भएको छलफलमा ठकुर पक्षले जसपाबाट अलग हुने धारणा राखेका थिए । ठाकुरलागयत उनी पक्षका नेताहरुले एकै पार्टीमा रहन नसकिने भन्दै आ–आफ्नो बाटो लाग्न उपयुक्त हुने बताएपछि पार्टी फूटको संघारमा पुगेको छ ।

जसपाबाट निष्कासित ठाकुर समूहले जसपामा आफूहरुको दावी रहने भन्दै जिकिर गरेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन अनुरोध गरेको छ । यद्यपी आयोगले एकताको लागि सहमत नभएपछि दुवै पक्षलाई आधिकारिताका लागि दावी पेश गर्न भनेको छ ।

आयोगद्वारा दुवै पक्षलाई राखेर सहमतिका लागि गराएको छलफलमा यादव र ठाकुर पक्ष बिच सहमति हुन सकेन । आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने निर्णय गरेको छ । दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति भएको आयोग स्रोतले जनाएको छ ।

बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी, मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंह लगायतका नेताहरू सहभागी थिए भने ठाकुर पक्षबाट ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा लगायत सहभागी थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;