महासंघद्वारा पत्रकार धम्क्याउने प्रअमाथि कारवाहीको माग

 लिम्बुवान न्युज
                       

दमक, २२ असार। नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारलाई धम्क्याउने प्रधानाध्यापक माथि कारवाहीको माग गरेको छ । संगठनका सदस्य पार्थ मण्डललाई प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरणका लागि आदेश दिएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

कचनकवल ६ बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले थाहा खबरमा प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिन मण्डललाई पत्राचार गरेको थियो । उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनाप्रति महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका विद्यालयको प्रधानाध्यापक जस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई लिखित स्पष्टीकरण सोध्नु र पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर पत्रकारको मर्यादामा आँच पु¥याउने कार्य प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको महासंघले निन्दा र भत्र्सना गरेको छ ।

प्रेस स्वतन्त्रता विरोधी उक्त कार्य तत्काल सच्याउन र आइन्दा यस्ता गतिविधि नदोहो¥याउन सम्बन्धित पक्षलाई गर्दै समाचारको विषयलाई लिएर स्पष्टीकरणको नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्ने प्रअ बुढाथोकीमाथि छानबिन गरी कानूनी कारवाही गर्न सम्बन्धित स्थानीय सरकार तथा मातहतको शिक्षा समितिसहित सरोकारवाला निकायलाई महासंघले आग्रह गरेको छ । महासंघका जिल्ला सचिव डिकेश लामाद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ ।

यसैगरी प्रेस संगठन झापाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण माग्ने पत्र भाइरल बनाएर स्वतन्त्र पत्रकारितामाथि ठाडो प्रहार गरेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अदालती शैलीमा विद्यालयले पठाएको पत्रले शिक्षाको चेतना छर्कने प्रधानाध्यापकको अज्ञानता तथा अहम्ताको पराकाष्ठा भएको संगठनले ठहर गरेको छ । पत्रकारको मानहानी तथा त्यस्ता गलत गतिविधि गर्ने प्रअलाई कानुन बमोजिम कडा कारवाही गर्न प्रेस संगठनले पनि माग गरेको छ ।

संगठनका संयोजक झुलन रेग्मी र सचिव उद्धव पुरीद्वारा जारी विज्ञप्तिमा– “पत्रकारको मानहानी हुने कार्य तथा त्यस्ता गलत गतिविधि गर्ने प्रअलाई कानुन बमोजिम कारवाही गर्न संगठन जोरदार माग गर्दछ” भनिएको छ । मण्डल प्रेस संगठन झापाका जिल्ला सह–संयोजक समेत हुन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...