महासंघद्वारा पत्रकार धम्क्याउने प्रअमाथि कारवाहीको माग

 लिम्बुवान न्युज
                       

दमक, २२ असार। नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारलाई धम्क्याउने प्रधानाध्यापक माथि कारवाहीको माग गरेको छ । संगठनका सदस्य पार्थ मण्डललाई प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरणका लागि आदेश दिएको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

कचनकवल ६ बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले थाहा खबरमा प्रकाशित समाचारको विषयलाई लिएर विद्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिन मण्डललाई पत्राचार गरेको थियो । उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको घटनाप्रति महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे वा गुनासो रहे त्यसविरुद्ध कानुनी उपचारको बाटो हुँदाहुँदै सार्वजनिक निकायमा वहाल रहेका विद्यालयको प्रधानाध्यापक जस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई लिखित स्पष्टीकरण सोध्नु र पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर पत्रकारको मर्यादामा आँच पु¥याउने कार्य प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने धम्कीपूर्ण कार्यको महासंघले निन्दा र भत्र्सना गरेको छ ।

प्रेस स्वतन्त्रता विरोधी उक्त कार्य तत्काल सच्याउन र आइन्दा यस्ता गतिविधि नदोहो¥याउन सम्बन्धित पक्षलाई गर्दै समाचारको विषयलाई लिएर स्पष्टीकरणको नाममा पत्रकारलाई धम्क्याउने, हतोत्साहित र त्रसित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्ने प्रअ बुढाथोकीमाथि छानबिन गरी कानूनी कारवाही गर्न सम्बन्धित स्थानीय सरकार तथा मातहतको शिक्षा समितिसहित सरोकारवाला निकायलाई महासंघले आग्रह गरेको छ । महासंघका जिल्ला सचिव डिकेश लामाद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ ।

यसैगरी प्रेस संगठन झापाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण माग्ने पत्र भाइरल बनाएर स्वतन्त्र पत्रकारितामाथि ठाडो प्रहार गरेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अदालती शैलीमा विद्यालयले पठाएको पत्रले शिक्षाको चेतना छर्कने प्रधानाध्यापकको अज्ञानता तथा अहम्ताको पराकाष्ठा भएको संगठनले ठहर गरेको छ । पत्रकारको मानहानी तथा त्यस्ता गलत गतिविधि गर्ने प्रअलाई कानुन बमोजिम कडा कारवाही गर्न प्रेस संगठनले पनि माग गरेको छ ।

संगठनका संयोजक झुलन रेग्मी र सचिव उद्धव पुरीद्वारा जारी विज्ञप्तिमा– “पत्रकारको मानहानी हुने कार्य तथा त्यस्ता गलत गतिविधि गर्ने प्रअलाई कानुन बमोजिम कारवाही गर्न संगठन जोरदार माग गर्दछ” भनिएको छ । मण्डल प्रेस संगठन झापाका जिल्ला सह–संयोजक समेत हुन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...