जनगणना आगामी असोज १ देखि १५ गतेसम्म हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं ,२२ असार। हरेक १० बर्षमा हुने राष्ट्रिय जनगणना ८ असार २०७८ मा सम्पन्न हुनुपर्नेमा आगामी १ असोजदेखि १५ गते सम्म हुने गरी प्रस्ताव गरिएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुनुपर्ने गरी तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मूलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्नेछ । ‘सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ उनले भने । उनका अनुसार विगतमा वर्षायाम शुरु नभएको अवस्थामा जेठ अन्तिमसातादेखि असार पहिलोसाता भित्र नेपालमा जनगणना हुँदै आएको छ ।

यसरी हुने जनगणनाका दौरान नेपालको सबै भूभागमा गणक पुग्न सहज हुन्छ । तर, यो पटक कोरोना भाइरसको महामारीका कारण तोकिएको समयमा जनगणना हुन सकेन । सोहीकारण जनगणना अनिश्चित कालका लागि बन्द गरिएको थियो ।

तर, विभागले भने महामारी केही कम भएको भन्दै साउनबाटै तयारी थाल्ने बताएको छ । मूल गणना १ असोजबाट थालेर १५ दिनसम्म चलाउने तयारीका साथै सरकारले एक साता भित्रै मिति तोक्ने विभागले जनाएको छ ।

मिति तोकेपछि गणक भर्ना गरिनेः

३९ हजार भन्दा बढी गणकले घरघर पुगेर जनगणना गर्छन् । यो काम १५ दिनमा सकिसक्नु पर्छ । सरकारले जनगणनाको मिति तोक्नासाथ विभागले गणक भर्नाको काम समेत पुरा गर्ने छ । त्यसअगाडि सुपरभाइजरसहितका विभिन्न तहका कर्मचारीलाई तालिम दिने र आवश्यक सामग्री पु¥याउने काम भने यसअघि नै सकिएको छ ।

जनगणना यसअघि २५ जेठबाट शुरु गरी ८ असारमा सक्ने लक्ष्य थियो । तर, वैशाखको पहिलो साताबाटै कोरोना भाइरसको महामारी फैलिएपछि जनगणना अभियान रोकिएको थियो ।

जनगणना असोज भित्र सक्ने तयारी शुरु गर्दै विभागले गणकलाई पहिलो प्राथमिकतामा खोप लगाउनु पर्ने जनाएको छ । यसो गरेमा गणक र घरपरिवारमा जोखिम कम हुने विभागको भनाइ रहेको छ ।

नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । हालसम्म दुई पल्ट रोकिएको छ । पहिलो पल्ट २००७ सालको क्रान्तिले २००८ सालको जनगणना रोकिएको थियो ।

कोरोना महामारीका कारण अहिले दोस्रो पटक प्रभावित भएको हो । यद्यपी सालको अन्तिम अंक ‘८’ कायम नै रहँदा हरेक १०÷१० वर्षको आवधिक तथ्यांकमा फरक नपर्ने भएकाले यो वर्षभित्रै जनगणना सक्ने विभागको जोडबल रहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...