हाइटीका राष्ट्रपति मोइजको हत्या

 लिम्बुवान न्युज
                       

एजेन्सी। हाइटीका राष्ट्रपति जोभनेल मोइजको सरकारी निवासमा हत्या भएको छ । ५३ वर्षीय मोइजको निवासमै भएको आक्रमणमा ज्यान गएको हाइटीका अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले वक्तव्यमार्फत जानकारी दिएका हुन् ।

बिबिसीका अनुसार पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेका थिए । आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा जनाइएको छ ।

अन्तरिम प्रधानमन्त्री जोजेफले ‘राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएका छन् । मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि हाइटीको सत्ता सम्हालेका थिए । भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो ।

यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए । हाइटीको विपक्षी राजनीतिक दलको भनाइमा राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै समाप्त भइसकेको हो, जुन उनका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मिति देखि ठिक पाँच वर्ष पुगेको दिन हो ।

तर, मोइजले आफूले सोही मितिदेखि नै सत्तारोहण नगरेकाले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आएका थिए ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...