पाँचथर जोरसाल हत्या काण्डका आरोपित पक्राउ

 लिम्बुवान न्युज
                       

फिदिम। पाँचथरको फिदिम ४ जोरसालका ७९ बर्षिय वृद्धको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वृद्ध टेकबहादुर लिम्बुको हत्या आरोपमा फिदिम २ पल्लोटार बस्ने ५९ बर्षिय जिवनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना भएको २५ दिनपछि हत्या आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको पाँचथरका प्रहरी प्रमुख डीएसपी दान बहादुर थापाले बताए ।

घटना पश्चातनै शंकाको घेरामा रहेका श्रेष्ठलाई वुधबार घरबाटनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डम्बर विश्वकर्माले बताएका छन् । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ । जिल्ला यान्त्रीक कार्यालय फिदिममा सुरक्षा गार्डको रुपमा काम गर्ने श्रेष्ठले बाम्फोक प्रहार गरी हत्या गरेको खुल्न आएकोे छ ।

हत्या गरिएका व्यक्तिसँग जग्गाको साँध सिमानाको विषयमा विवाद भई हत्या गरिएको अनुसन्धानबाट खुलेको थापाको भनाई रहेको छ । हत्या गरिएका लिम्बु भारतीय सेवानिर्वित कर्मचारी हुन् । थप अनुसन्धानबाट विवरणहरु विस्तृत विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ । हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर समेत प्रहरीले असन्धानको क्रममा परिचालन गरेको थियो ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;