सडक दुर्घटनामा मोटरसाइकल चालकको निधन

 लिम्बुवान न्युज
                       

दमक,२४ असार। झापाको भद्रपुर ८ स्थित भद्रपुर बिर्तामोड पक्की सडक खण्डमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे २ प २५३२ न. को मोटरसाइकल आफैं अनियन्त्रित भई सोही दिशामा रोकि राखेको ना ३ ख ८५४२ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइलक चालक सोही ठाउका ५० बर्षिय ताराकान्त झाको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका उनको उपचारका क्रममा आज बिहान पौने ३ बजे विराटनगरमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा बुद्धशान्तीका ३५ बर्षिय कमल ढुङ्गेल समेत सामान्य घाईते भएका छन । उनको ओम साइ पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...