सञ्चार विधेयक फिर्ता गर्न माग गर्दै समाजको बुटवलमा प्रदर्शन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक पुनर्लेखन गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ ।

बिहीबार समाजले विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक संविधानको प्रस्तावना र मानव अधिकारको विश्वव्यापी घोषणापत्रविपरित रहेकाले फिर्ता गरी पुनर्लेखन गर्न माग गरे बताए । संघीयता लागू भईसकेको अवस्थामा प्रदेश सरकारका निर्णयहरु संविधान र लोकतन्त्र विरोधी रहेको प्रष्ट पार्दै सभापतिले भने संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्धता र इमान्दार हुनुपर्छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले सरकार संविधान विपरीत स्वतन्त्र प्रेसमाथि अंकुश लगाएर पञ्चायतकालीन अञ्चलाधीशको शासनको पुनरावृत्ति गर्न खोजिरहेको भन्दै विधेयक फिर्ता नभए महासंघले सशक्त आन्दोलन चर्काउने बताए ।

यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलका अनुसार विधेयकको ६९ देखि ८४ नम्बरसम्मका बुँदाहरु आपत्तिजनक रहेको हुँदा विधेयक फिर्ता हुनुपर्दछ नभए महासंघ आन्दोलित हुन विवस हुनुपर्ने धारणा राखेका थिए । विधेयकमा पत्रकारलाई जेल सजाय र पत्रिकाको प्रकाशन बन्द गर्नसक्ने समेत उल्लेख भएको छ । यस्तै सञ्चार परिषदको अध्यक्ष मन्त्री र सदस्यहरुमा अधिकांश मन्त्रालयका कर्मचारीहरु नै रहने व्यवस्था गरेको छ ।

विधेयकको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र मातहतका सबै जिल्ला शाखाहरुले विरोध गर्दै पुनर्लेखन गर्न माग गर्दै आएका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...