कछुवाको तालमा मृगको शिकार

 लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

नेपाल दक्षिण पूर्वी एसियाको एक भुपरिबेष्ठित राष्ट्र हो । नेपालको पूर्व, दक्षिण र पश्चिममा भारत छ भने उत्तरमा गणतन्त्र चीन छ । भारतसँगको सम्बन्ध भौगोलिक अवस्थितिले सहज, सरल र अनुकुल छ भने चीनसँगको असहज र प्रतिकूल छ । नेपाल एक असंलग्न राष्ट्र भएकोले भारत र चीन दुबैसँगको सम्बन्धमा पञ्चसीलको सिद्धान्त अनुसार समान भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । नेपालको भु–राजनैतिक परिस्थितिले आदिम कालदेखि भारतसँगको सम्बन्ध जति सतहीबाट लचिलो छ त्यति चीनसँग छैन । चीन आफूलाई विश्व शक्तिराष्ट्रको रुपमा परिचित गर्न चाहान्छ । विश्वमा उदयमान शक्ति राष्ट्र भारतसँग काउन्टर गर्न चीन नेपालमा दर्बिलो उपस्थिति कायम गर्न चाहान्छ । चीन आफ्नो स्वार्थ सिद्धि गर्दै व्यापार वृद्धि गर्न र आफू अनुकुलको आन्तरिक र बाह्य वातावरण कायम गर्न नेपाललाई रणनैतिक ढोका (Strategy Door) को रुपमा राख्न र प्रयोग गर्न चाहन्छ ।

चीनको “वान बेल्ट वान रोड” अवधारणा अनुसार नेपालमा विभिन्न परियोजना भित्रिएका छन् । नेपालमा चीनको प्रत्यक्ष लगानीमा निर्माण गरिने भनिएको परियोजना “चीन नेपाल मैत्री पार्क (दमक क्लिन पार्क) हो । झापा जिल्लाको दमक नगरपालिका,कमल गाउँ पालिका र गौरादह नगरपालिका को सङ्गम पारेर निर्माण गरिने भनिएको चीन नेपाल मैत्री पार्क पनि चीनको दक्षिण पूर्व एशियामा आफ्नो सक्ती फैलाउने रणनैतिक ढोका ( Strategy Door) हुन सक्ने अनुमान गरिएको छ। सुरुमा राम्रा राम्रा लक्ष र उद्देश्य बताएर प्रवेश गर्ने र कालान्तरमा त्यसैलाई हतियार बनाउन सक्ने प्रबल सम्भावना हुन सक्छ ।

तत्कालीन श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेको आग्रहमा चीन सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको बंदरगाह बनाउने सम्झौता भयो । शुरुशुरुमा श्रीलंकाली जनतालाई मिठो सपना र लोभमा पारेर राजापाक्षेले चीनसँग उक्त सम्झौता गरे । हाम्बन् टोटा नाम दिइएको उक्त बंदरगाहले श्रीलंङ्कामा ठूलो बहस र चर्चा पाएको थियो । चीनको सरकारी कम्पनी “हार्वर इन्नजिनियरी कंपनी”ले निर्माण गरेको उक्त बन्दरगाह १५०० एकर्ड क्षेत्रमा फैलिएको छ र १८ नोवेम्बर २०१० मा यो बंदरगाह खुल्ला गरिएको थियो । चीनको आर्थिक ऋण लगानीमा निर्माण गरिएको उक्त बंदरगाहलाई राष्ट्रपति राजापाक्षेले आफ्नो राजनैतिक स्वार्थ सिद्धिमा जोडें । आफूले चुनावमा जनमत जित्नको लागि चीनलाई बन्दरगाहको लगानी माध्यमबाट भित्र्याई श्रीलंङ्कामा ब्रम्हलुट नै मच्चाए । चीनको ठूलो ऋण लगानी रहेकोले उक्त ऋण तिर्न नसकी श्रीलंङ्का सरकारले “हाम्बन् टोटा” बंदरगाह ९९ वर्षको लागि चीनलाई बुझाउन बाध्य भयो । आखिर चीनको गोप्य रणनीतिक योजना (Strategy Door) सफल भएको विश्लेषण गरिन्छ ।

चीन अत्यन्त चतुर, सुरक्षित र गोप्य तरिकाले आफ्नो रणनीति प्रयोग गर्दै नेपालको बाटो प्रयोग गरी भारतको बिहार र उत्तर प्रदेश राज्यमा आफ्नो उपस्थिति देखाउन चाहान्छ । दक्षिण पूर्वी एसियाली मुलुकमा नेपाल चीनको पहिलो पर्यटकिय गन्तब्य राष्ट्रको रूपमा रहेको छ र त्यसैको रणनैतिक योजनामा नै वान बेल्ट वान रोड परियोजना अन्तर्गत चीन नेपाल मैत्री पार्क आएको हुन सक्ने सम्भावना रहेको नेपालका जानकारहरु बताउछन् ।

राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा राष्ट्रिय आम सहमति र स्थानीयको अर्थपूर्ण सहभागिता जुटाउनु अति आवश्यक हुन्छ । राष्ट्रिय सहमति बेगर हचुवाको भरमा र चुनावी अभिमत बटुल्ने अभिप्रायले जबर्जस्ती लाद्न खोजिएको गौरबको आयोजना कागजमा र शिलान्यासमा मात्र सीमित रहन सक्छ । त्यस्तै चीन नेपाल औद्योगिक मैत्री पार्क पनि विभिन्न समस्यामा अल्झिएको छ । यो पार्क पनि राजापाक्षेको जस्तै मत अभिमत बटुल्न आएको “हाम्बन् टाटा” जस्तै त हुने होइन ? त्यसैले ‘सिउनेले लाउनै पाउँदैन लाउनेले देख्नै पाउँदैन’ भने जस्तै संझौता गर्नेले यो पार्कको असली रुप देख्नै पाउँदैन र देख्नेले भोग्नै पाउँदैन की ..!

लेखकः संघीय लिम्बुवान मञ्चका उपमहासचिव हुन्

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...