कछुवाको तालमा मृगको शिकार

 लिम्बुवान न्युज
                       

  • भानु भट्टराई

नेपाल दक्षिण पूर्वी एसियाको एक भुपरिबेष्ठित राष्ट्र हो । नेपालको पूर्व, दक्षिण र पश्चिममा भारत छ भने उत्तरमा गणतन्त्र चीन छ । भारतसँगको सम्बन्ध भौगोलिक अवस्थितिले सहज, सरल र अनुकुल छ भने चीनसँगको असहज र प्रतिकूल छ । नेपाल एक असंलग्न राष्ट्र भएकोले भारत र चीन दुबैसँगको सम्बन्धमा पञ्चसीलको सिद्धान्त अनुसार समान भूमिका निर्वाह गर्नु पर्ने हुन्छ । नेपालको भु–राजनैतिक परिस्थितिले आदिम कालदेखि भारतसँगको सम्बन्ध जति सतहीबाट लचिलो छ त्यति चीनसँग छैन । चीन आफूलाई विश्व शक्तिराष्ट्रको रुपमा परिचित गर्न चाहान्छ । विश्वमा उदयमान शक्ति राष्ट्र भारतसँग काउन्टर गर्न चीन नेपालमा दर्बिलो उपस्थिति कायम गर्न चाहान्छ । चीन आफ्नो स्वार्थ सिद्धि गर्दै व्यापार वृद्धि गर्न र आफू अनुकुलको आन्तरिक र बाह्य वातावरण कायम गर्न नेपाललाई रणनैतिक ढोका (Strategy Door) को रुपमा राख्न र प्रयोग गर्न चाहन्छ ।

चीनको “वान बेल्ट वान रोड” अवधारणा अनुसार नेपालमा विभिन्न परियोजना भित्रिएका छन् । नेपालमा चीनको प्रत्यक्ष लगानीमा निर्माण गरिने भनिएको परियोजना “चीन नेपाल मैत्री पार्क (दमक क्लिन पार्क) हो । झापा जिल्लाको दमक नगरपालिका,कमल गाउँ पालिका र गौरादह नगरपालिका को सङ्गम पारेर निर्माण गरिने भनिएको चीन नेपाल मैत्री पार्क पनि चीनको दक्षिण पूर्व एशियामा आफ्नो सक्ती फैलाउने रणनैतिक ढोका ( Strategy Door) हुन सक्ने अनुमान गरिएको छ। सुरुमा राम्रा राम्रा लक्ष र उद्देश्य बताएर प्रवेश गर्ने र कालान्तरमा त्यसैलाई हतियार बनाउन सक्ने प्रबल सम्भावना हुन सक्छ ।

तत्कालीन श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेको आग्रहमा चीन सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको बंदरगाह बनाउने सम्झौता भयो । शुरुशुरुमा श्रीलंकाली जनतालाई मिठो सपना र लोभमा पारेर राजापाक्षेले चीनसँग उक्त सम्झौता गरे । हाम्बन् टोटा नाम दिइएको उक्त बंदरगाहले श्रीलंङ्कामा ठूलो बहस र चर्चा पाएको थियो । चीनको सरकारी कम्पनी “हार्वर इन्नजिनियरी कंपनी”ले निर्माण गरेको उक्त बन्दरगाह १५०० एकर्ड क्षेत्रमा फैलिएको छ र १८ नोवेम्बर २०१० मा यो बंदरगाह खुल्ला गरिएको थियो । चीनको आर्थिक ऋण लगानीमा निर्माण गरिएको उक्त बंदरगाहलाई राष्ट्रपति राजापाक्षेले आफ्नो राजनैतिक स्वार्थ सिद्धिमा जोडें । आफूले चुनावमा जनमत जित्नको लागि चीनलाई बन्दरगाहको लगानी माध्यमबाट भित्र्याई श्रीलंङ्कामा ब्रम्हलुट नै मच्चाए । चीनको ठूलो ऋण लगानी रहेकोले उक्त ऋण तिर्न नसकी श्रीलंङ्का सरकारले “हाम्बन् टोटा” बंदरगाह ९९ वर्षको लागि चीनलाई बुझाउन बाध्य भयो । आखिर चीनको गोप्य रणनीतिक योजना (Strategy Door) सफल भएको विश्लेषण गरिन्छ ।

चीन अत्यन्त चतुर, सुरक्षित र गोप्य तरिकाले आफ्नो रणनीति प्रयोग गर्दै नेपालको बाटो प्रयोग गरी भारतको बिहार र उत्तर प्रदेश राज्यमा आफ्नो उपस्थिति देखाउन चाहान्छ । दक्षिण पूर्वी एसियाली मुलुकमा नेपाल चीनको पहिलो पर्यटकिय गन्तब्य राष्ट्रको रूपमा रहेको छ र त्यसैको रणनैतिक योजनामा नै वान बेल्ट वान रोड परियोजना अन्तर्गत चीन नेपाल मैत्री पार्क आएको हुन सक्ने सम्भावना रहेको नेपालका जानकारहरु बताउछन् ।

राष्ट्रिय गौरवको आयोजना निर्माण गर्दा राष्ट्रिय आम सहमति र स्थानीयको अर्थपूर्ण सहभागिता जुटाउनु अति आवश्यक हुन्छ । राष्ट्रिय सहमति बेगर हचुवाको भरमा र चुनावी अभिमत बटुल्ने अभिप्रायले जबर्जस्ती लाद्न खोजिएको गौरबको आयोजना कागजमा र शिलान्यासमा मात्र सीमित रहन सक्छ । त्यस्तै चीन नेपाल औद्योगिक मैत्री पार्क पनि विभिन्न समस्यामा अल्झिएको छ । यो पार्क पनि राजापाक्षेको जस्तै मत अभिमत बटुल्न आएको “हाम्बन् टाटा” जस्तै त हुने होइन ? त्यसैले ‘सिउनेले लाउनै पाउँदैन लाउनेले देख्नै पाउँदैन’ भने जस्तै संझौता गर्नेले यो पार्कको असली रुप देख्नै पाउँदैन र देख्नेले भोग्नै पाउँदैन की ..!

लेखकः संघीय लिम्बुवान मञ्चका उपमहासचिव हुन्

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...