नायिका तथा निर्मात्री कुँवरले गरिन् आत्महत्या

 लिम्बुवान न्युज
                       

जे

जेनी कुवर

लिम्बुवानखबर । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरले जिएको जानकारी अनुसार आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

कुँवर विगत एक बर्षदेखि डिप्रेशनमा भएकी हुँदा आत्महत्याको कारण डिप्रेशन हुनसक्ने प्रहरीले जनाएको छ । कुँवर विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केहीअघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो । उनी सामाजिक संजालमा बेला बेला चर्चामा आउने गरेकी थिइन् ।

अपार्टमेन्टमा जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको हुँदा थप घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायत दर्जनौंमा काम गरेकी छिन् ।

उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;