अमेरिकाले उपहार स्वरुप १५ लाख डोज खोप दिने

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

काठमाडौं । अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई १५ लाख डोज खोप दिने भएको छ । आगामी सोमबारसम्ममा खोप काठमाडौं आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

काठमाडौंस्थित अमेरिकी दूताबासले समेत खोप आउन लागेको पुष्टि जनाएको छ । दुतावासका अनुसार ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार हो भन्दै यससम्बन्धी विस्तृत जानकारी छिट्टै दिनेछौं’ –भनेको छ ।

अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीद्वारा उत्पादन यो खोप एक मात्रा लगाए पुग्ने बताइएको छ ।

सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको छ । त्यसअनुसार ८ लाख डोज खोप शुक्रबार मात्र काठमाडौं आइपुगेको छ । त्यसैगरी ८ साउनभित्र थप २० लाख आइसक्नेछ भने बाँकी खोप पनि चाँडै ल्याइने सरकारले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...