नियारा प्रोडक्सनले एसवाइएनएससीलाई सिक्किममा दियो उपहार ‘लिम्बु पोषाक’

,   लिम्बुवान न्युज
                       

सिक्किम । सिक्किममा नियारा प्रोडक्सनले उपहारस्वरूप ‘लिम्बू पोषाक’ एसवाइएनएससीलाई प्रदान गरेको छ । ‘नियारा प्रोडक्सन’का प्रमुख सामाजिक अभियन्ता नियारा सुब्बाका अनुसार एसवाइएनएससी लिम्बू भाषी विद्यार्थीहरूको राज्य स्तरीय संस्था हो ।

“हाम्रो प्रोडक्सनलाई यो संस्थाको सन् २०१६ को व्याचदेखि अहिलेसम्मकै ब्याचका सदस्यहरूले सक्रियातापूर्वक साथ दिँदै आइरहेका छन् । विशेष गरि सांस्कृतिक प्रस्तुतिहरूका लागि निरन्तर सहयोग पु¥याउँदै आइरहेको हुनाले पनि हामी कृतज्ञ छौं”–उनले भनिन् । “समयले सधैं साथ नदिए पनि यसपटक समय मिलाएका छौं, जुराएका छौं । त्यसैले वर्तमान कोरोना महामारीलाई ध्यानमा राख्दै सामाजिक दुरुत्वको नियम पालनका साथ यो सामान्य कार्यक्रम आयोजन गर्न सकेका छौैं ।”

कार्यक्रममा बोल्दै उनले भनिन् “आजबाट धन्यवाद तथा मायाको चिनो दिने परम्परा शुरुभएको छ यसलाई आगामी दिनमा पनि निरन्तरता दिने छौं । साथै उनले लिम्बु भाषा, लिपि र संस्कार संस्कृतिसँगै पोषाकलाई संरक्षण गर्दै अगाडि बढ्ने पनि प्रतिबद्धता गर्ने जनाइन् ।

प्रोडक्सनका प्रमुख सुब्बाले एसवाइएनएससी, एसवाइएसएस र चिन्मय मिसन (सिक्किम च्याप्टर) का सम्पूर्ण सदस्य साथै अन्य सहयोगीहरूप्रति पनि आभार प्रकट गरेकी छन् ।

आगामी दिनमा नियारा प्रोडक्सनले चाँड़ै ‘याक्थुङ इनाक’ (लिम्बू सिङ्गिङ आइडल) आयोजना गर्ने समेत सुब्बाले घोषणा गरेकी छन् । गीत संगीतको माध्यमद्वारा लिम्बू जातीबाट ‘सेलिब्रेटी’हरू जन्माउन सकौं भन्ने उद्देश्य राखिएको उनले बताएकी छन् ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;