१६५ पत्रकारले कोरोनाबिरुद्धको दोस्रो डोज खोप लगाए

 लिम्बुवान न्युज
                       

 

काेराेना बिरूद्धकाे दाेस्राे डाेज खाेप लगाउँदै फाेनिज प्रदेश नं. १ का इन्चार्ज दिपीन राइ । तस्वीरः नेपाल पत्रकार महासंघ झापा

दमक, २६ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वय र पहलमा शनिवार झापाका १ सय ६५ जना सञ्चारकर्मीलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाइएको छ ।

स्वास्थ्य कार्यालय झापाको प्राविधिक टोलीले बिर्तामोडस्थित अतिथिसदनमा फ्रन्टलाइनर सञ्चारकर्मीलाई खोप लगाइ दिएको हो । गत असार १ गते भेरोसेल खोपको पहिलो डोज लगाएका सञ्चारकर्मीहरुलाई खोपको दोस्रो डाेज प्रदान गरिएको पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलको नेतृत्वमा आएको प्राविधिक टोलीले सञ्चारकर्मीलाई खोप लगाइए दिएको हो । जनस्वास्थ्य अधिकृत समीक्षा पराजुली, सिआइसीटी सहजकर्ता भवानी राय, सिनयर अहेव उकिलबहादुर खड्काले खोप लगाउने कार्यमा प्राविधिक सहयोग गरेका थिए ।

महासंघ झापाले हालसम्म खोप लगाउन छुटेका जिल्लाका सञ्चारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेको छ । खोप लगाउन छुटेका सञ्चारकर्मीलाई प्राथमिकता राखेर अबको चरणमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले प्रतिबद्धता जनाए ।

सञ्चारकर्मीलाई खोप लगाउने कार्यमा समन्वय र सहयोग गर्ने डीसीसीएमसी झापा लगायत सबैलाई महासंघ झापा शाखाले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...