१६५ पत्रकारले कोरोनाबिरुद्धको दोस्रो डोज खोप लगाए

 लिम्बुवान न्युज
                       

 

काेराेना बिरूद्धकाे दाेस्राे डाेज खाेप लगाउँदै फाेनिज प्रदेश नं. १ का इन्चार्ज दिपीन राइ । तस्वीरः नेपाल पत्रकार महासंघ झापा

दमक, २६ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वय र पहलमा शनिवार झापाका १ सय ६५ जना सञ्चारकर्मीलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाइएको छ ।

स्वास्थ्य कार्यालय झापाको प्राविधिक टोलीले बिर्तामोडस्थित अतिथिसदनमा फ्रन्टलाइनर सञ्चारकर्मीलाई खोप लगाइ दिएको हो । गत असार १ गते भेरोसेल खोपको पहिलो डोज लगाएका सञ्चारकर्मीहरुलाई खोपको दोस्रो डाेज प्रदान गरिएको पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलको नेतृत्वमा आएको प्राविधिक टोलीले सञ्चारकर्मीलाई खोप लगाइए दिएको हो । जनस्वास्थ्य अधिकृत समीक्षा पराजुली, सिआइसीटी सहजकर्ता भवानी राय, सिनयर अहेव उकिलबहादुर खड्काले खोप लगाउने कार्यमा प्राविधिक सहयोग गरेका थिए ।

महासंघ झापाले हालसम्म खोप लगाउन छुटेका जिल्लाका सञ्चारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेको छ । खोप लगाउन छुटेका सञ्चारकर्मीलाई प्राथमिकता राखेर अबको चरणमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेलले प्रतिबद्धता जनाए ।

सञ्चारकर्मीलाई खोप लगाउने कार्यमा समन्वय र सहयोग गर्ने डीसीसीएमसी झापा लगायत सबैलाई महासंघ झापा शाखाले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...