घाँस काट्ने क्रममा लडेका लावतीलाई यूकेबाट आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

माङ्सेबुङ । इलामको माङसेबुङ ३ का १२ बर्षीय कुशल लावतीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । घर नजिकै घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर चोट लागेपछि उपचारमा थप मद्दत पुगोस् भनेर पापोहाङ् लाओती सयङ् युकेले आर्थिक सहयोग गरेको हो ।

आर्थिक अवस्था निक्कै कम्जोर भएका लाओतीलाई सहयोग गर्न पापोहाङ् लाओती सयङ्ले संस्थागत रुपमा युके समितिलाई अनुरोध गरेपछि यूकेमा रहेका दाजुभाई, चेलीहरुले संकलन गरेको ८६ हजार ६०० रुपैयाँ रकम सयङका अध्यक्ष जीत बहादुर लाओतीले बिरामीको बुबा योगेस लाओतीलाई हस्तान्तरण गरेका थिए ।

सयङ्को यूके अध्यक्ष यदुचन्द्र लाओती, उपाध्यक्ष देउमान लाओती र कोषाध्यक्ष हरि लावतीको बिशेष पहलमा यूकेमा रहेका लाओती बन्धुहरुबाट आर्थिक रकम संकलन भएको अध्यक्ष लाओतीले बताएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा सयङ् अध्यक्ष सहित केन्द्रीय सदस्यहरु वीर बहादुर लाओती, गगन लाओती र झापा जिल्ला सदस्य अर्जुन लाओती र निवर्तमान कोषाध्यक्ष ऐमानसिं लाओती लगायतको उपस्थिति रहेको सचिव सुरेश लावतीले बताए ।

घाइते बालक लाओतीको कान र खुट्टामा गम्भीर चोट लागेको छ । अहिले उपचार भईरहेको बुबा योगेसले बताएका छन् ।

सम्बन्धित समाचार

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...