घाँस काट्ने क्रममा लडेका लावतीलाई यूकेबाट आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

माङ्सेबुङ । इलामको माङसेबुङ ३ का १२ बर्षीय कुशल लावतीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । घर नजिकै घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर चोट लागेपछि उपचारमा थप मद्दत पुगोस् भनेर पापोहाङ् लाओती सयङ् युकेले आर्थिक सहयोग गरेको हो ।

आर्थिक अवस्था निक्कै कम्जोर भएका लाओतीलाई सहयोग गर्न पापोहाङ् लाओती सयङ्ले संस्थागत रुपमा युके समितिलाई अनुरोध गरेपछि यूकेमा रहेका दाजुभाई, चेलीहरुले संकलन गरेको ८६ हजार ६०० रुपैयाँ रकम सयङका अध्यक्ष जीत बहादुर लाओतीले बिरामीको बुबा योगेस लाओतीलाई हस्तान्तरण गरेका थिए ।

सयङ्को यूके अध्यक्ष यदुचन्द्र लाओती, उपाध्यक्ष देउमान लाओती र कोषाध्यक्ष हरि लावतीको बिशेष पहलमा यूकेमा रहेका लाओती बन्धुहरुबाट आर्थिक रकम संकलन भएको अध्यक्ष लाओतीले बताएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा सयङ् अध्यक्ष सहित केन्द्रीय सदस्यहरु वीर बहादुर लाओती, गगन लाओती र झापा जिल्ला सदस्य अर्जुन लाओती र निवर्तमान कोषाध्यक्ष ऐमानसिं लाओती लगायतको उपस्थिति रहेको सचिव सुरेश लावतीले बताए ।

घाइते बालक लाओतीको कान र खुट्टामा गम्भीर चोट लागेको छ । अहिले उपचार भईरहेको बुबा योगेसले बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...