जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै सर्बोच्चमा पर्‍यो रिट

 लिम्बुवान न्युज
                       

काठमाडौं । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा), नेपाललाई प्रक्रिया नै पुरा नगरी एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

राजपाका तत्कालीन उपाध्यक्ष तथा अधिवक्ता राजकुमार थापाले दुई पार्टी मिलाएर जनता समाजवादी पार्टी (जसपा) बनाउनेगरी २०७७ साल असार २४ गते आयोगले गरेको निर्णय खारेज गर्न माग गर्दै आइतबार रिट दिएका हुन् ।

फाइल तस्वीरः

रिटमा कुनैपनि दलको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने संविधानको प्रावधान र उक्त समितिलाई अन्य पछि पारिएका वर्गको समेत प्रतिनिधित्व दिएर समावेशी बनाउनु पर्ने संवैधानिक मान्यता विपरित आयोगले निर्णय गरेको भन्दै आफूले रिट दिएको थापाले बताएका छन् ।

संविधान र कानुनले भनेका समावेशीता लगायतका प्रक्रिया पु¥याएपछिमात्र एकीकरणको प्रमाणपत्र दिनु पर्नेमा पुरा नगरेकै अवस्थामा आयोगले दलहरूलाई मान्यता दिएको निर्णय खारेज गरिपाउँ भन्दै थापाले रिट दिएको बताए । उनले उक्त रिटको सुनुवाई असार ३० गतेलाई तोकिएको पनि जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...