जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै सर्बोच्चमा पर्‍यो रिट

 लिम्बुवान न्युज
                       

काठमाडौं । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा), नेपाललाई प्रक्रिया नै पुरा नगरी एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

राजपाका तत्कालीन उपाध्यक्ष तथा अधिवक्ता राजकुमार थापाले दुई पार्टी मिलाएर जनता समाजवादी पार्टी (जसपा) बनाउनेगरी २०७७ साल असार २४ गते आयोगले गरेको निर्णय खारेज गर्न माग गर्दै आइतबार रिट दिएका हुन् ।

फाइल तस्वीरः

रिटमा कुनैपनि दलको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला अनिवार्य हुनैपर्ने संविधानको प्रावधान र उक्त समितिलाई अन्य पछि पारिएका वर्गको समेत प्रतिनिधित्व दिएर समावेशी बनाउनु पर्ने संवैधानिक मान्यता विपरित आयोगले निर्णय गरेको भन्दै आफूले रिट दिएको थापाले बताएका छन् ।

संविधान र कानुनले भनेका समावेशीता लगायतका प्रक्रिया पु¥याएपछिमात्र एकीकरणको प्रमाणपत्र दिनु पर्नेमा पुरा नगरेकै अवस्थामा आयोगले दलहरूलाई मान्यता दिएको निर्णय खारेज गरिपाउँ भन्दै थापाले रिट दिएको बताए । उनले उक्त रिटको सुनुवाई असार ३० गतेलाई तोकिएको पनि जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;