माङ्सेबुङ् गाउँपालिकाद्वारा कोरोनाबाट ज्यान गुमाएकाहरुलाई राहत वितरण

 लिम्बुवान न्युज
                       

माङसेबुङ, २८ असार। इलामको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो ।

गाउँपालिकाले कोरोनाबाट हालसम्म सदस्य गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको छ । मृतकका परिवारलाई अध्यक्ष इदिङ्गोले प्रतिपरिवार ३५ हजारका दरले २ लाई १० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

कोरोनाबाट ज्यान गुमाएका माङसेबुङ् ३ का बलबहादुर लावती र कृष्णबहादुर लिम्बू, माङसेबुङ ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्ष्मीमाया लावती एवम् माङसेबुङ ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको हो ।

माङसेबुङ गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन समितिको २५ असारको बैठकले गाउँपालिकाभित्र कोरोना संक्रमणबाट परिवार तथा सदस्य गुमाएको परिवारलाई राहतस्वरूप ३५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार घरघरमा नै पुगेर राहत उपलब्ध गराइएको पालिकाका अध्यक्ष इदिङ्गोले बताएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...