सर्बोच्चको ऐतिहासिक फैसला महासंघद्वारा स्वागत

 लिम्बुवान न्युज
                       

काठमाडौं, २९असार। सम्मानित सर्वोच्च अदालतलले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्ने ऐतिहासिक फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । सर्वोच्च अदालतको यो निर्णयले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनर्स्थापित भएको महासंघको ठहर छ ।

सर्वोच्च अदालतको फैसलापछि सम्मानित र स्वतन्त्र अदालतमाथि भएका अशोभनीय टिका–टिप्पणी र प्रधान न्यायाधीशको पुत्ला दहन गर्ने कार्यको महासंघले भर्त्सना गरेको छ ।

महासंघका महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा– “स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि पक्षबाट प्रहार गर्न हुँदैन भन्ने महासंघको प्रष्ट दृष्टिकोण रहँदै आएको छ”– भनिएको छ ।

साथै पुनर्स्थापित प्रतिनिधि सभा र संसद्बाट निर्माण हुने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास भएको महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति हेर्नुहाेस्ः

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;