थप १२ जनाको मृत्यु, २,३९८ जनामा कोरोना संक्रमण पुष्टि

 लिम्बुवान न्युज
                       

काठमाडौं, २९ असार । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाले ज्यान गुमाएको छ । त्यस्तै नयाँ संक्रमित २,३९८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ८०, मोरङ र नुवाकोटमा ६०/६० जना, चितवनमा ५३, दोलखामा ४५, कञ्चनपुरमा ३५, मकवानपुरमा ३१, कैलालीमा २९, काभ्रेपलाञ्चोमा २३, रुपन्देही र सल्यानमा २२/२२ जना, नवलपरासी पूर्व, बागलुङ र सुर्खेतमा २१/२१ जना, पाप्लामा २०, धादिङ र तनहुँमा १४/१४ जना, बारामा १२ र स्याङ्जामा ११ जनामा कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४२ जना कोरोना संक्रमित थपिएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...